Technology Khabar १४ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
व्हाट्सएपले पासकी–इन्क्रिप्टेड ब्याकअपहरूलाई समर्थन गर्ने घोषणा गरेको छ। प्रयोगकर्ताले पासवर्ड वा “६४–अङ्कको इन्क्रिप्शन की” सम्झनुको सट्टा आफ्नो फिङ्गरप्रिन्ट, अनुहार वा स्क्रिन लक कोड प्रयोग गरेर आफ्नो व्हाट्सएप च्याट ब्याकअपहरू इन्क्रिप्ट गर्न सक्ने व्हाट्सएपले उल्लेख गरेको छ।
“केवल एक ट्याप वा नजरले, व्हाट्सएपमा प्रयोगकर्ताको व्यक्तिगत च्याट र कलहरूलाई सुरक्षित गर्ने उही सुरक्षा अब च्याट ब्याकअपहरूमा पनि लागू हुन्छ” भनि कम्पनीले थप बताएको छ। साथै तिनीहरू सधैं “सुरक्षित, पहुँचयोग्य र निजी” हुनेछन् भनि उल्लेख गरिएको छ।
यो सुविधा “आगामी हप्ता र महिनाहरूमा” बिस्तारै रोल आउट हुने अपेक्षा गरिएको छ। एकचोटि यो सुविधा प्राप्त गरेपछि सेटिङस् श्र च्याट्स श्र च्याट ब्याकअप श्र एन्ड–टु–एन्ड इन्क्रिप्टेड ब्याकअपमा गएर त्यहाँबाट पासकी विकल्प छनौट गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार