गुल्मीमा विद्यार्थी टिकाउन प्रविधिमैत्री शिक्षा

Technology Khabar १४ कार्तिक २०८२, शुक्रबार

गुल्मीमा विद्यार्थी टिकाउन प्रविधिमैत्री शिक्षा
माइक्रोसफ्ट कोपाइलट डिजाइनरमार्फत् बनाइएको सांकेतिक तस्बिर।

काठमाडौं ।

हीरक महोत्सव मनाएको गुल्मीको सत्यवती गाउँपालिकाको भार्से जनसहयोग माविमा विद्यार्थी टिकाउन यहाँ सञ्चालन भएको प्रविधिमैत्री शिक्षा अभियान सार्थक बनेको छ।

भार्से जनसहयोग माविमा बर्सेनि विद्यार्थी सङ् ख्या घट्दै गएपछि प्रविधिमैत्री शिक्षा अभियान सञ्चालन गरिएको हो। बसाइँसराइले बर्सेनि गाउँ खाली हुँदै गएका छन् भने उर्वर खेतबारी बाँझिने अवस्था आएको छ।

बसाइँसराइको चपेटामा भार्से पनि अछुतो छैन। शिक्षाकै कारण गाउँ छोड्नुपर्ने र बालबालिकासँगै अभिभावक पनि पलायन हुने अवस्थाको न्यूनीकरणका लागि भार्सेलीले प्रविधिमैत्री शिक्षा अभियान सञ्चालन गरेका थिए। अभियानबाट नौ लाखभन्दा बढी रकम सहयोग सङ्कलन गरेर प्राविधिक शिक्षा सुरु गरिएको छ।

भार्सेका अगुवा सुजन गलामीले अभियानबाट अहिले विद्यालयमा १९ वटा कम्प्युटर र एउटा कम्प्युटर शिक्षकको व्यवस्थापन गरेर पढाइ सञ्चालन गरिएको जानकारी दिए। गलामीले विद्यालयमा कक्षा ४ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दैनिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले छुट्टै कम्प्युटर कक्षाको व्यवस्था गरिएको बताए। अभियानमा सहयोग गर्ने धेरै परदेशीमा रहेका भार्सेली छन्। गलामीका अनुसार भार्सेबाट काठमाडौँ र तराईमा बसोबास गर्ने भार्सेलीले पनि अभियानमा सहयोग गरिरहेका छन्।

यो अभियानमा भार्सेली लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकी र सुवेदार मोतीबहादुर थापासहितमा व्यक्तिले नेतृत्व गरेर काम गरिरहेका छन्।

प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया