गुगल जेमिनी फर होम अब रोल आउट हुँदै

  • Technology Khabar | १४ कार्तिक २०८२, शुक्रबार
गुगल जेमिनी फर होम अब रोल आउट हुँदै

काठमाडौं ।

गुगलले यस महिनाको सुरुमा घरका लागि अन्य धेरै डिभाइसहरूको साथै जेमिनी फर होम अनावरण गरेको थियो। कम्पनीको जेमिनी फर होम अब अमेरिकामा रोल आउट हुन थालेको छ।

जेमिनी फर होम हाल प्रारम्भिक पहुँच मोडमा रहेको छ यदि यसलाई अमेरिकामा परीक्षण गर्नको लागि एक्सेस (पहुँच) रि क्वेस्ट (अनुरोध) गर्न आवश्यक रहेको बताइएको छ।

यसो गर्नको लागि, गुगल ग्रुप सेटिङस्मा गएर ग्लोबल सेटिङस्मा भित्र “मलाई तिनीहरूको समूहमा थप्नुहोस्” जाँच गरि सुनिश्चित गर्नु पर्नेछ। त्यसपछि गुगल होम एपमा गएर आफ्नो प्रोफाइल तस्वीर वा इनिसियल्सहरूमा ट्याप गरेर होम सेटिङहरू चयन गर्नु पर्नेछ। त्यहाँ “अर्लि एक्सेस” (प्रारम्भिक पहुँच) विकल्प देखा पर्नेछ र त्यसमा ट्याप गर्नाले तपाईंको तर्फबाट पहुँच अनुरोध हुने बताइएको छ।

यदि पहुँच प्रदान गरिएको खण्डमा, जेमिनी फर होमले तपाईंको उपयुक्त स्मार्ट होम डिभाइसहरूमा गुगल एसिस्टेण्टलाई प्रतिस्थापन गर्नेछ। यो कदम अपरिवर्तनीय भएको र पछि गुगल एसिस्टेण्टमा फर्कन नसकिने उल्लेख गरिएको छ। साथै, जेमिनी लाइभमा पहुँच र जेमिनी फर होम मार्फत तपाईंको क्यामरा हिस्ट्रि खोज्ने क्षमता दुवैको लागि सशुल्क गुगल होम प्रिमियम सदस्यता आवश्यक पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार