सामसङको इन्टरनेट मोबाइल ब्राउजर अब पीसीहरूमा उपलब्ध

  • Technology Khabar | १४ कार्तिक २०८२, शुक्रबार
सामसङको इन्टरनेट मोबाइल ब्राउजर अब पीसीहरूमा उपलब्ध

काठमाडौं ।

सामसङले आफ्नो इन्टरनेट ब्राउजर विन्डोज पीसीहरूमा ल्याउने भएको छ र यसको बिटा संस्करण अब चयन गरिएका क्षेत्रहरूमा रोल आउट हुँदैछ।

सामसङ इन्टरनेट सामसङ स्मार्टफोनहरूमा प्रि–इन्स्टल्ड (पूर्व–स्थापित) डिफल्ट (पूर्वनिर्धारित) ब्राउजर हो। पीसी संस्करणले विभिन्न सामसङ डिभाइसहरूमा ‘सिमलेस, कनेक्टेड ब्राउजिङ अनुभव’ प्रदान गर्ने भनिएको छ।

कम्पनीले कोरिया र अमेरिकाका विन्डोज १० र विन्डोज ११ प्रयोगकर्ताहरूका लागि उपलब्ध बिटा कार्यक्रमको भागको रूपमा प्रयोगकर्ताहरूलाई नयाँ पीसी एप्लिकेसन प्रयोग गर्न आमन्त्रित गरिरहेको छ भने यसको व्यापक रोलआउट चाँडै नै गर्ने योजनामा रहेको बताइएको छ।

डेस्कटप ब्राउजरले बुकमार्कहरू, ब्राउजिङ हिस्ट्रिका साथै मोबाइल र पीसी बीच अन्य डाटाको सिङ्किङलाई समर्थन गर्दछ भने यसले प्रयोगकर्ताहरूलाई डिभाइसहरूमा निर्बाध रूपमा ब्राउजिङ जारी राख्न अनुमति दिनेछ। यसमा ग्यालेक्सी एआईद्वारा संचालित ब्राउजिङ असिस्ट जस्ता एआई–संचालित सुविधाहरू पनि समावेश हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...