Technology Khabar १४ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्षको तेस्रो महिना असोजभरीमा ४५ करोडमाथिको राउटरको आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोजसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ४५ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १ लाख ८८ हजार ८२१ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
असोज महिनासम्म नेपालमा ४५ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार ८२१ थान राउटर आयात भएकोमा सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा ८ करोड ४५ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ४४ करोड ५० लाख २९ हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार २९५ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट १ लाख २४ हजार बराबरको २११ थान, मलेसियाबाट ३ हजार बराबरको १ थान, कतारबाट १ हजार बराबरको ४ थान, अमेरिकाबाट २ लाख ७४ हजार बराबरको १ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट १२ लाख २५ हजार बराबरको ८० थान राउटर आएको छ।
यस्तो छ विवरण
| क्र.सं. | देश | विवरण | रकम हजारमा |
| १ | चीन | १८८२९५ | ४४५०२९ |
| २ | जर्मनी | १ | ८४१ |
| ३ | भारत | २११ | १२४ |
| ४ | लाट्भिया | २१६ | ३५२३ |
| ५ | मलेसिया | १ | ३ |
| ६ | कतार | ४ | १ |
| ७ | साउदी अरेबिया | १ | ० |
| ८ | सिङ्गापुर | १ | १ |
| ९ | यूएई | ९ | ३ |
| १० | बेलायत | १ | २ |
| ११ | अमेरिका | १ | २७४ |
| १२ | भियतनाम | ८० | १२२५ |
प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार