एप्पल र माइक्रोसफ्ट दुवै कम्पनीको मूल्य अब ४ ट्रिलियन डलरभन्दा माथि

  • Technology Khabar | १३ कार्तिक २०८२, बिहीबार
एप्पल र माइक्रोसफ्ट दुवै कम्पनीको मूल्य अब ४ ट्रिलियन डलरभन्दा माथि

काठमाडौं ।

एप्पल र माइक्रोसफ्ट दुवै कम्पनीको मूल्य अब ४ ट्रिलियन डलरभन्दा माथि पुगेको छ।

पहिलोपटक एप्पलको बजार मूल्यांकन ४ ट्रिलियन डलर पार गरेको हो। यो उपलब्धि हासिल गर्ने एप्पल तेस्रो कम्पनी बनेको छ। यसअघि एनभिडिया र माइक्रोसफ्टले यो सीमा पार गरिसकेका थिए।

माइक्रोसफ्टले पहिलोपटक गत जुलाईमा ४ ट्रिलियन डलर पार गरेको थियो, तर त्यसपछि यसको मूल्य ३.९ ट्रिलियनमा झरेको थियो। कम्पनीको ओपनएआईसँगको नयाँ सम्झौता सार्वजनिक भएपछि मंगलबार यसको मूल्यांकन पुनः ४ ट्रिलियनमा पुगेको हो।

एप्पलको वृद्धि उल्लेखनीय देखिएको छ। कम्पनीले सन् २०१८ मा १ ट्रिलियन, २०२० मा २ ट्रिलियन र २०२२ मा ३ ट्रिलियन डलरको मूल्यांकन पार गरेको थियो। हालै सार्वजनिक गरिएको आइफोन १७ सिरिजको बिक्री अघिल्ला संस्करणहरूभन्दा राम्रो देखिएको कारण कम्पनीको सेयर मूल्य बढेको हो। एप्पलले आगामी बिहीबार, अक्टोबर ३० मा आफ्नो सन् २०२५ को चौथो त्रैमासिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

माइक्रोसफ्टको वृद्धि पनि सशक्त देखिएको छ। यसको एजर क्लाउड सेवा प्रति बढ्दो मागका कारण कम्पनीलाई लाभ मिलिरहेको छ। एजरले ओपनएआईका ठूलो भाषा मोडेलहरू र एआई मोडेल तालिमका लागि आवश्यक कम्प्युटिङ क्षमता उपलब्ध गराउँछ।

कम्पनीका अनुसार ओपनएआईमा रहेको करिब २७ प्रतिशत हिस्सेदारीको मूल्य अहिले झन्डै १३५ अर्ब डलर पुगेको छ। माइक्रोसफ्टले बुधबार आफ्नो त्रैमासिक नतिजा सार्वजनिक गर्नेछ।

गुगलको मूल कम्पनी अल्फाबेट पनि ४ ट्रिलियन डलरको नजिक पुगेको छ। यसको बजार मूल्य हाल करिब ३.२५ ट्रिलियन डलर रहेको छ।

प्रकाशित: १३ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • १३ कार्तिक २०८२, बिहीबार