किया पीभी५ ले एक पटकको चार्जमा दूरीको लागि गिनिज रेकर्ड तोड्यो

Technology Khabar १३ कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

किया पीभी५ इलेक्ट्रिक भ्यानले एक पटकको चार्जमा दूरीको लागि गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ।

किया पीभी५ कार्गो इलेक्ट्रिक भ्यानले एक पटकको चार्जमा ६९३.३८ किलोमिटर यात्रा तय गरेको छ जुन आधिकारिक दायरा ४१५ किलोमिटर भन्दा लगभग दोब्बर भएको बताइएको छ।

किया पीभी५ कार्गो इलेक्ट्रिक भ्यानले ७९० किलोग्राम भारको साथ फ्रान्कफर्टको उत्तरमा वास्तविक सडकहरूमा रेकर्ड स्थापित गरेको बताइएको छ।

२२ घण्टाको परीक्षणको क्रममा, दुई चालकहरूले वास्तविक ट्राफिक अवस्थाको साथ ५८.२ किलोमिटर लामो सडकमा १२ ल्याप पूरा गरेको रिपोर्ट गरिएको छ।

किया पीभी५ इलेक्ट्रिक भ्यानमा ७१.२ किलोवाटआवर ब्याट्री समावेश गरिएको र २९६ किलोमिटरको रेञ्ज भएको आधार संस्करणमा ५१.५ किलोवाटआवर ब्याट्री रहेको बताइएको छ।

भ्यान, चेसिस क्याब वा एमपीभीको रूपमा मोड्युलर डिजाइन र कन्फिगरेसन विकल्पहरू रहेको ई–जीएमपी.एस वास्तुकलामा आधारित पीभी५ कियाको नयाँ प्लेटफर्म बियोन्ड भेहिकल (पीबीभी) सवारी साधनहरूको परिवारको हिस्सा भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया