नेपाल टेलिकमले शुरु गर्यो देशभरका विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा

  • Technology Khabar | १२ कार्तिक २०८२, बुधबार
नेपाल टेलिकमले शुरु गर्यो देशभरका विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा

काठमाडौं ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ।

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाई-फाई इन्टरनेट सेवाको शुभारम्भ गरे।

उक्त फ्रि वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भिआईपी लाउन्ज प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ।

देशभर सञ्चालनमा रहेका ३ ओटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो।

सेवाको कभरेज रहेको स्थानमा SSID “NT-CAAN Free WiFi” भएको वाई-फाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...