एप्पलले आईफोन एयरको उत्पादन कटौती नगरेको नयाँ रिपोर्टको दावी

  • Technology Khabar | १२ कार्तिक २०८२, बुधबार
एप्पलले आईफोन एयरको उत्पादन कटौती नगरेको नयाँ रिपोर्टको दावी

काठमाडौं ।

एप्पलले आईफोन एयरको उत्पादन कटौती नगरेको नयाँ रिपोर्टले दाबी गरेको छ। हालैको समयमा एप्पलले गत महिना अनावरण गरिएको आईफोन एयरको उत्पादन कटौती गरिरहेको दाबी गर्ने धेरै रिपोर्टहरू देखा परेका छन्। साथै एक रिपोर्टले यो स्लिक आईफोन लगभग उत्पादनको अन्तिम मोडमा प्रवेश गरेको दाबी पनि गरेको छ। यद्यपि, एउटा नयाँ रिपोर्टले भने ती दाबीहरूको खण्डन गरेको छ।

अक्टोबर २६ मा लगानीकर्ताहरूलाई लेखेको नोटमा, टीडी कोवेनले एप्पलले २०२५ मा उत्पादन गर्ने आईफोन एयर युनिटहरूको संख्या नघटाएको बताएको छन्। टीडी कोवेनको रिपोर्टले अक्टोबरको लागि आईफोन एयरको पूर्वानुमान अपरिवर्तित रहेको बताउँछ।

आईफोन एयरको लागि पूर्वानुमान २०२५ को तेस्रो त्रैमासिकको लागि ३० लाख र २०२५ को चौथो त्रैमासिकको लागि ७० लाख रहेको उल्लेख गरिएको छ। सेप्टेम्बरको त्रैमासिकको निर्माण सम्पूर्ण आईफोन १७ लाइनअपको लागि ५४ मिलियनमा रहेको छ भने डिसेम्बर त्रैमासिकको लागि पूर्वानुमान ७९ मिलियन रहेको जनाइएको छ।

एप्पलले आईफोन एयरको उत्पादन घटाए पनि, यसको अर्थ यो मोडेल सफल नभएको भन्ने अर्थ नलाग्ने उल्लेख गरिएको छ। प्रो मोडेलहरूको कहिलेकाहीँ सुरुमा उच्च माग हुने गर्दछ र त्यसैले एप्पलले तदनुसार उत्पादन समायोजन गर्न सक्छ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...