बोटका स्मार्ट अडियो र लाइफस्टाइल डिभाइसहरू आधिकारिक रूपमा नेपालमा सार्वजनिक

Technology Khabar १२ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

भारतको नम्बर १ अडियो र लाइफस्टाइल ब्रान्ड बोटले अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स वितरक टेलिटक नेपाल प्रा. लि.सँगको विशेष साझेदारी मार्फत नेपालमा आफ्नो उपस्थिति आधिकारिक रूपमा विस्तार गरेको छ।

ब्रान्डले नेपाली उपभोक्ताहरूको लागि दैनिक प्राविधिक अनुभवहरूलाई पुनः परिभाषित गर्न डिजाइन गरिएको हियरेबल्स, स्पिकरहरू, साउन्डबारहरू, पावर एक्सेसरीजहरू र स्मार्ट ट्र्याकिङ डिभाइसहरूको आफ्नो नवीनतम लाइनअप लन्च गरेको छ।

प्रस्तुत गरिएका नयाँ प्रोडक्टहरूमा बोट एयरडोप्स १३१ जेन २, एयरडोप्स लूप, पार्टीपाल ६३ प्रो, अवान्ते बार ९५०,इनर्जीस्रुम पीबी ३०० लाइट, पीबी ३३१ म्याग्ना चार्ज र बोट–ट्याग समावेश छन्। यी प्रोडक्टहरू आधिकारिक रूपमा अधिकृत खुद्रा आउटलेटहरू र दराजमा उपलब्ध छन् भने मूल्य रु. २,९९९ देखि रु. १३,६९९ सम्म पर्नेछ।

बोट एयरडोप्स १३१ जेन २ः

नयाँ दायराको नेतृत्व गर्दै, बोट एयरडोप्स १३१ जेन २ ले अर्को स्तरको वायरलेस अनुभव प्रदान गर्नेछ। बीईएएसटीटीएम मोड (४५ एमएस लेटन्सी) द्वारा संचालित यो इयरबड गेमिङ, भिडियो स्ट्रिमिङ र कलहरूको लागि उपयुक्त हुनुका साथै ल्याग–फ्रि अडियो अनुभव सुनिश्चित गर्नेछ।

ईएनएक्सटीएम टेक्नोलोजी भएको डुअल माइकले कोलाहलपूर्ण वातावरणमा पनि क्रिस्टल–क्लिएर भ्वाइस गुणस्तर प्रदान गर्दछ भने यस इयरबडको विशाल ७० घण्टाको कुल प्लेब्याकले यसलाई यसको खण्डमा सबैभन्दा भरपर्दो इयरबडहरू मध्ये एक बनाएको उल्लेख गरिएको छ।

एएसएपीटीएम चार्ज सुविधाले प्रयोगकर्ताहरूलाई दिनभरि निर्बाध पर्फर्मेन्स सुनिश्चित गर्दै, केवल १० मिनेटको चार्जिङमा ३०० मिनेटको प्लेटाइम प्राप्त गर्न अनुमति दिनेछ।

ब्लुटुथ भी५.३ कनेक्टिभिटी, १३एमएम अडियो ड्राइभरहरू, लाइटवेट (हल्का तौल) र एर्गोनोमिक डिजाइनको साथ एयरडोप्स १३१ जेन २ ले पावर (शक्ति), कम्फर्ट (आराम) र टिकाउपनलाई मिश्रण गरेको छ जुन काम र खेलकुद गरी दुवैको लागि उत्तम हुने बताइएको छ।

बोट एयरडोप्स लूपः

एयरडोप्स लूप सक्रिय जीवनशैली बिताउनेहरूका लागि बनाइएको उल्लेख गरिएको छ। एर्गोनोमिक इयर–हुक डिजाइन र आइपीएक्स५ स्वेट (पसिना) र स्प्ल्याश प्रतिरोधको साथ यसले कसरत, दौड वा दैनिक यात्राको लागि सुरक्षित र आरामदायी फिट प्रदान गर्ने जनाइएको छ।

बोटको सिग्नेचर डीप बास र ४२ घण्टाको कुल प्लेटाइम प्रदान गर्ने १०एमएम ड्राइभरहरू सहित, प्रयोगकर्ताहरूले चार्जिङको बारेमा चिन्ता नगरी लामो सत्रहरूको आनन्द लिन सक्नेछन्।

एएसएपीटीएम चार्ज टेक्नोलोजीले केवल १० मिनेटमा ६० मिनेट प्लेटाइम प्रदान गर्नेछ भने ब्लुटुथ भी५.३ ले स्मुथ कनेक्टिभिटी र अडियो स्थिरता सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

बोट पार्टीपाल ६३ प्रोः

पार्टीपाल ६३ प्रोले पोर्टेबल साउण्डलाई अर्को स्तरमा लैजाने उल्लेख गरिएको छ। ५०वाट आरएमएस आउटपुट, डायनामिक आरजीबी एलईडी लाइटिङ र डुअल ईक्यू मोडहरू उपलब्ध रहेको बताइएको छ। साथै यसले ब्लुटुथ, यूएसबी, एयूएक्स र एफएम जस्ता धेरै इनपुट विकल्पहरूलाई समर्थन गर्दछ र एकै साथ दुई स्पिकरहरू जोड्नको लागि टीडब्ल्यूएस (ट्रु वायरलेस स्टेरियो) मोड सुविधा प्रदान गर्दछ।

माइक्रोफोन इनपुटको साथ यसलाई कराओकेको रुपमा प्रयोग गर्न सकिने र आउटडोर इभेन्ट (कार्यक्रम) को लागि उपयुक्त हुने बताइएको छ भने यसको ४५००एमएएच ब्याट्रीले घण्टौंसम्म निरन्तर संगीत प्रदान गर्ने थप उल्लेख गरिएको छ।

बोट अवान्ते बार ९५० – हरेक घरको लागि सिनेम्याटिक अडियोः

अवान्ते बार ९५० ले यसको आफ्नो १२०वाट आरएमएस पावर आउटपुट र २.१–च्यानल साउण्ड सिस्टमको साथ घरको मनोरञ्जनलाई रूपान्तरण गर्ने बताइएको छ।

वायर्ड सबवुफरले सुसज्जित, यसले वास्तविक सिनेम्याटिक अनुभूतिको लागि डीप बास र इमर्सिभ सराउण्ड साउण्ड प्रदान गर्दछ। साउन्डबारले एचडीएमआई (एआरसी), ब्लुटुथ, यूएसबी र एयूएक्ससहित धेरै कनेक्टिभिटी मोडहरूलाई समर्थन गर्दछ जसले टिभी, पीसी र स्मार्टफोनहरूसँग सहज रुपमा पेयरिङ गर्न अनुमति दिनेछ।

यसको स्लिक मेटालिक डिजाइन र प्रिमियम फिनिशको साथ, अवान्ते बार ९५० राम्रो मात्र नभइ यो कुनै पनि होम सेटअपमा उत्कृष्ट देखिने उल्लेख गरिएको छ।

बोट एनर्जीस्रुम पीबी ३०० लाइट र पीबी ३३१ म्याग्ना चार्जः

सधैं यात्रामा रहनेहरूका लागि, एनर्जीस्रुम पीबी ३०० लाइट र पीबी ३३१ म्याग्ना चार्जले कम्प्याक्ट र टिकाउ डिजाइनहरूमा भरपर्दो ब्याकअप पावर प्रदान गर्ने बताइएको छ।

पीबी ३०० लाइटले टाइप–सी टु–वे (दुई–तर्फी) द्रुत चार्जिङको साथ १०,००० एमएएच क्षमता प्याक गर्दछ भने पीबी ३३१ म्याग्ना चार्जले १२,००० एमएएच ब्याट्री र २२.५वाट द्रुत–चार्जिङ आउटपुटको साथ आउने बताइएको छ।

दुबै मोडेलहरूमा अत्यधिक चार्जिङ र अत्यधिक तापबाट जोगाउन धेरै सुरक्षा तहहरू रहेका छन् जसले कुशल र सुरक्षित पावर डेलिभरी सुनिश्चित गर्दछ। यी पावर बैंकहरूले आवश्यक पर्दा डिभाइसहरू चार्जमा राख्न मद्दत गर्ने छन्।

बोट–ट्याग – स्मार्ट ट्र्याकिङः

बोट–ट्यागले आवश्यक चीजहरू ट्र्याक गर्ने सजिलो र स्मार्ट तरिका प्रदान गर्दछ। ३६५–दिनको ब्याट्री जीवन र बक्समा समावेश गरिएको अतिरिक्त ब्याट्रीको साथ यसले वर्षभरि विश्वसनीयता प्रदान गर्नेछ।

ट्याग ब्लुटुथ मार्फत बोट क्रेस्ट एपमा जडान हुने बताइएको छ जसले प्रयोगकर्ताहरूलाई केही सेकेन्डमै चाबी, वालेट र झोला जस्ता व्यक्तिगत वस्तुहरू पत्ता लगाउन मद्दत गर्ने छ।

डिभाइसमा अज्ञात ट्र्याकरहरूको लागि अलर्ट प्रणाली पनि समावेश गरिएको छ जसले प्रयोगकर्ताको गोपनीयता सुनिश्चित गर्दछ र अनधिकृत ट्र्याकिङलाई रोक्ने छ। कम्प्याक्ट, हल्का तौल र टिकाउ जस्ता सुविधा सहितको बोट–ट्याग सुरक्षा र सुविधालाई महत्व दिने ट्र्याकर भएको बताइएको छ।

प्रकाशित: १२ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया