एप्पलले आईफोन १८ लाई १२ जीबीको एलपीडीडीआर५एक्स र्याममा स्तरोन्नति गर्ने

  • Technology Khabar | ११ कार्तिक २०८२, मंगलवार
एप्पलले आईफोन १८ लाई १२ जीबीको एलपीडीडीआर५एक्स र्याममा स्तरोन्नति गर्ने

काठमाडौं ।

एप्पलले आधारभूत आईफोनलाई १२ जीबी र्याममा स्तरोन्नति गर्ने अपेक्षा गरिएको छ। आईफोन १८ मा गरिने यो नयाँ स्तरोन्नति आईफोन १७ भन्दा ४ जीबी बढी हुो भने आईफोन १७ प्रो र १७ प्रो म्याक्स र आईफोन एयर जस्तै समान हुने उल्लेख गरिएको छ।

उद्योग स्रोतहरूका अनुसार, एप्पलले प्रमुख आपूर्तिकर्ता सामसङलाई अर्को आईफोन लाइनअपको लागि एलपीडीडीआर५एक्स र्यामको आपूर्ति बढाउन आग्रह गरेको छ। सामसङले १२ जीबी र १६ जीबी मोड्युलहरूमा मात्र एलपीडीडीआर५एक्स र्याम बनाउने गरेको बताइएको छ।

१२ जीबीसम्मको वृद्धी (बम्प) ले आधारभूत मोडेल आईफोनलाई डिभाइसमा एआई मोडेलहरू चलाउन अनुमति दिनेछ जुन ८ जीबी र्यामको साथ प्राप्त गाह्रो हुने उल्लेख गरिएको छ।

एप्पलले सन् २०२६ मा सुरु हुने एक स्थिर रिलीज तालिकामा सर्ने रिपोर्टहरू गरिएको छ। यसको मतलब सन् २०२६ को फलमा आईफोन प्रो मोडेलहरू (र सम्भावित फोल्ड वा एयर) र सन् २०२७ को वसन्तमा आधारभूत मोडेल आईफोन १८ आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...