सामसङको ग्यालेक्सी ट्राई–फोल्ड यसै हप्ता लन्च हुने संकेत

  • Technology Khabar | ११ कार्तिक २०८२, मंगलवार
सामसङको ग्यालेक्सी ट्राई–फोल्ड यसै हप्ता लन्च हुने संकेत

काठमाडौं ।

सामसङले आफ्नो पहिलो ट्राई–फोल्ड स्मार्टफोन यस वर्ष लन्च हुने कुराको पुष्टि गरेको भए पनि अहिलेसम्म यो डिभाइसको आधिकारिक लन्च मितिको बारेमा कुनै जानकारी देखा परेको छैन।

कोरिया हेराल्डको नयाँ रिपोर्टले डिभाइसको आधिकारिक लन्चको धेरै समय पर्खनु नपर्ने सुझाव दिएको छ र कम्पनीको अर्को पुस्ताको फोल्डेबल यस हप्ताको अन्त्यमा एशिया–प्यासेफिक इकोनमिक कर्पोरेसन (एपेक) २०२५ शिखर सम्मेलनमा डेब्यू गर्नका लागि सेट गरिएको बताइएको छ।

उक्त शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योन्जुमा हुनेछ।

यद्यपि सामसङले आफ्नो ट्राई–फोल्डको प्रोडक्ट नेम (उत्पादनको नाम) को बारेमा अझै निर्णय नगरेको बताइएको छ। अफवाहहरूले यस डिभाइसलाई ग्यालेक्सी जी फोल्ड वा ग्यालेक्सी जेड ट्राईफोल्ड भन्न सकिन्छ भन्ने सुझाव दिएका छन्।

साथै सामसङले प्रारम्भिक उत्पादन चरणमा केवल ५०,००० देखि २००,००० एकाइहरू मात्र बनाउने योजना बनाएको हुनाले यो डिभाइसको उपलब्धता अत्यन्त सीमित हुने बताइएको छ।

अफवाह गरिएको अनुसार सामसङको ट्राई–फोल्डको मूल्य २,८०० अमेरिकी डलर हुने बताइएको छ जुन ग्यालेक्सी जेड फोल्ड७ को लन्च मूल्य भन्दा १,००० अमेरिकी डलर बढी हुनेछ। साथै अघिल्ला रिपोर्टहरू अनुसार यो डिभाइस केही चुनिएका बजारहरूमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...