एप्पलले आईफोन एयरको उत्पादन क्षमता घटाइरहेको छः कुओ

Technology Khabar ११ कार्तिक २०८२, मंगलवार

काठमाडौं ।

एप्पलले आईफोन एयरको अर्डर घटाइरहेको रिपोर्ट गर्ने विश्लेषकहरूको बढ्दो धारामा प्रसिद्ध एप्पल विश्लेषक मिङ–ची कुओ पनि सामेल भएका छन्।

एप्पलले ढुवानी र उत्पादन क्षमता दुवै घटाइरहेको कुओले बताएका छन्। धेरैजसो आपूर्तिकर्ताहरूले सन् २०२६ को पहिलो त्रैमासिकसम्ममा ८० प्रतिशत भन्दा बढीले क्षमता घटाउनेछन् भने लामो समयसम्म लिड टाइम (कुनै वस्तु उत्पादन गर्न लाग्ने कुल समय) भएका केही कम्पोनेन्टहरू सन् २०२५ को अन्त्यसम्ममा पूर्ण रूपमा बन्द गरिने रिपोर्ट गरिएको छ।

आईफोन मिनी र आईफोन प्लस मोडेलहरू जस्तै, एयरले पनि उल्लेखनीय रुपमा पकड जमाउन असमर्थ भएको जस्तो देखिएको उल्लेख गरिएको छ।

तर यसको मतलब आईफोन एयर असफल भएको हो भन्ने अर्थ नलाग्ने उल्लेख गरिएको छ। एप्पलको आईफोन प्रो मोडेलहरूले सामान्यतया सुरुमा अन्य सबै मोडेलहरूलाई उछिन्ने गरेका छन्। साथै एप्पलले प्रोको बिक्रीलाई मद्दत गर्न उत्पादन समायोजन गरेका हुन सक्ने बताइएको छ भने एप्पलको विशाल आपूर्ति श्रृंखलाले यसलाई लचिलो हुन अनुमति दिने जनाइएको छ।

त्यसैगरी नन्–प्रो आईफोन मोडेलहरूले बिक्रीमा प्रारम्भिक केही महिना पछि राम्रो प्रदर्शन गर्ने गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया