असोज मसान्तसम्म सवा ६ अर्ब बराबरको विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

Technology Khabar ११ कार्तिक २०८२, मंगलवार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोज मसान्तसम्ममा नेपालमा ६ अर्ब २५ करोड रुपैयाँ हाराहारीको २ हजार ६ सय २० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ७ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म५४२९०, ८५, २६, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म२०९३८, ५१, ९०, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म१, ०९१२, ८६, २९, ६०, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म२५२५८, ९७, ३५, ०००
कार, जीप र भ्यानथाइल्याण्ड५१ देखि १०० किलोवाटसम्म२०१५६, ४३, ०६, ०००
कार, जीप र भ्यानबेलायत५१ देखि १०० किलोवाटसम्म४९, ८८, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म३०४८५, १९, ७६, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म३, ७५, ४८, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म७४, ७८, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानद कोरिया१०१ देखि २०० किलोवाटसम्म१, ५७, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म१०४, ३२, ७८, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि४८, ४९, ०००

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया