Technology Khabar १० कार्तिक २०८२, सोमबार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली आज पनि सञ्चालनमा रहने भएको छ।
बैंकले एक सूचना प्रकाशित गरी आज छठ पर्वको सार्वजनिक बिदा भए पनि आफ्नो आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने जानकारी गराएको हो।
सूचनामा भनिएको छ, ‘मिति २०८२/०७/१० गते सार्वजनिक विदा (छठ पर्व) को दिन आरटीजीएस प्रणाली बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।‘
प्रकाशित: १० कार्तिक २०८२, सोमबार