आईफोन १८ प्रोले मुख्य क्यामराहरूमा भेरिएबल एपर्चर फिचर गर्ने

Technology Khabar ५ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

आईफोनहरू अस्तित्वमा रहेदेखि नै तिनीहरूका क्यामराहरूले सधैँ फिक्स्ड एपर्चर लेन्सहरू प्रयोग गरेका छन् भने एन्ड्रोइड प्रतिस्पर्धीहरूले धेरै वर्षदेखि आफ्ना फ्ल्यागशिपहरूमा भेरिएबल एपर्चर सलुसनहरू लागू गरेका छन्। एप्पल पनि अब भेरिएबल एपर्चर क्लबमा सामेल हुनका लागि तयार भएको जस्तो देखिन आएको बताइएको छ र एक उद्योग आपूर्ति स्रोतले आईफोन १८ सिरिजको साथ परिवर्तन आउँदैछ भनेर पुष्टि गरेको ईटी न्यूजले रिपोर्ट गरेको छ।

एप्पलले कथित रूपमा सनी अप्टिकललाई यसको प्राथमिक भेरिएबल एपर्चर लेन्स आपूर्तिकर्ताको रूपमा चयन गरेको बताइएको छ र अर्को वर्षको आईफोन १८ प्रो र प्रो म्याक्सको साथ सलुसन लागू गर्न तयार भएको उल्लेख गरिएको छ। गत वर्षदेखि यस बारेमा अफवाहहरू आएका हुनाले आईफोन १८ सिरिजमा भेरिएबल एपर्चरको बारेमा सुनेको यो पहिलो पटक भने नभएको उल्लेख गरिएको छ।

आईफोन १८ प्रो र प्रो म्याक्स मोडेलहरूले १७ सिरिज जस्तै डिजाइन र आकार फिचर गर्ने अपेक्षा गरिएको छ। साथै हालैको अफवाहले डिभाइसको पछाडि पारदर्शी डिजाइन हुने सुझाव पनि दिएको छ। त्यसैगरि, सामसङले पनि आफ्नो ग्यालेक्सी एस२६ अल्ट्रामा भेरिएबल एपर्चर ल्याउने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया