Technology Khabar ३ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
केही हप्ता अघि, ५५ बिलियन अमेरिकी डलरको बिक्रीमा निजी कम्पनीको रुपमा अघि बढ्ने सम्झौता पुष्टि गरेको ईएको तथ्याङ्क राम्रो भएको रिपोर्ट गरिएको छ। यसै क्रममा अब ब्याटलफिल्ड ६ ले यसको पहिलो तीन दिनमा ७० लाखभन्दा बढी प्रतिहरू बिक्री गरेको छ। साथै छुट्टीको सप्ताहन्तमा खेलमा १७ करोड २० लाखभन्दा बढी अनलाइन खेलहरू पनि खेलिएको उल्लेख गरिएको छ। त्यसैगरी, यसले स्ट्रिमिङ सेवाहरूमा १५ करोड घण्टा हेरिएको रेकर्ड गरेको जनाइएको छ।
ब्याटलफिल्ड ६ को बिक्री संख्याले यसलाई फ्रान्चाइजीको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ बनाएको उल्लेख गरिएको छ। सन् २०२१ को ब्याटलफिल्ड २०४२ ले पहिलो हप्तामा तुलनात्मक रूपमा ४.२ मिलियन प्रतिहरू बिक्री गरेको रिपोर्ट गरिएको छ।
ईएको आफ्नो ब्लग पोस्टमा “सबैभन्दा पहिले, हामी हाम्रा खेलाडीहरूलाई धन्यवाद दिन चाहन्छौं,” भनि फ्रान्चाइजका महाप्रबन्धक बायरन बीडेले उल्लेख गरेका छन्।
“हामी यस्ता क्षणहरूलाई कहिल्यै हल्का रूपमा लिँदैनौं, त्यसैले म हाम्रो विश्वव्यापी ब्याटलफिल्ड स्टुडियो र हामीलाई यस बिन्दुमा पुर्याउन मद्दत गर्ने उत्साही समुदायप्रति हाम्रो हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु,” कार्यकारी उपाध्यक्ष भिन्स जाम्पेलाले थप उल्लेख गरे।
कम्पनीले निजी हुने घोषणा गरेको केही हप्ता पछि खेलको लन्च गरिएको थियो। गेमिङ जायन्ट साउदी अरेबिया पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ), सिल्भर लेक र एफिनिटी पार्टनर्सको स्वामित्वमा हुने बताइएको छ।
युनियनाइज्ड ईए कर्मचारीहरूले भने अधिग्रहणको विरुद्धमा बोल्दै “हरेक पटक निजी इक्विटी वा अर्बपति लगानीकर्ताहरूले स्टुडियोलाई निजी लिन्छन्, कामदारहरूले भिजिबिलिटी, पारदर्शिता र शक्ति गुमाउँछन्” भन्ने चेतावनी दिएक छन्।
ब्याटलफिल्ड ६ अक्टोबर १० मा लन्च गरिएको थियो। यो खेल पीसी, पीएस५ र एक्सबक्स सिरिज एक्स/एसको लागि उपलब्ध छ। यसको सिजन १ को सामग्री अक्टोबर २८ मा आउने इनग्याजेटले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ कार्तिक २०८२, सोमबार