इन्टरनेट शुल्क स्वीकृत गराएर मात्र लागू गराउन सेवा प्रदायकहरुलाई नियामकको निर्देशन

Technology Khabar ३ कार्तिक २०८२, सोमबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क स्वीकृत गराएर मात्र लागु गराउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

इन्टरनेट सेवाप्रदायकहरूले मनोमानी ढङ्गले शुल्क तोकेको गुनासो बढेपछि प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को व्यवस्था बमोजिम यस्तो शुल्क स्वीकृत गराउन भनेको हो।

आइतबार सार्वजनिक सूचना जारी गर्दै दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले अनुमतिपत्र इन्टरनेट सेवाप्रदायकले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने सेवाका शुल्क/ महसुल दर ऐनको दफा ४२ बमोजिम स्वीकृत गराउनुपर्ने व्यवस्था रहेको जनाएको छ।

त्यसरी स्वीकृत भएको शुल्कको मिति उल्लेख गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेर मात्र लागू गर्नुपर्ने व्यवस्था पालना गर्न प्राधिकरणले सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो।

यसैगरी नियामकले ग्राहकलाई पनि स्वीकृत भएको शुल्क हेरेर मात्र रकम भुक्तानी गर्न आग्रह गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया