सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी-यूनियन पे कार्ड सेवा सुरु

Technology Khabar ३ कार्तिक २०८२, सोमबार

काठमाडौं ।

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी-यूनियन पे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ।

असोज २९ गतेदेखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी-यूनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास कम्पनीको रहेको छ।

एससीटीले हाल २३ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-यूनियन पे कार्ड जारी गर्दै आइरहेको छ।

एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससीटी-यूनियन पे कार्ड र भीसा कार्ड जारी गर्ने तथा भीसा, रुपे,  मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया