टेस्लाले म्याड म्याक्स अटोनोमस ड्राइभिङ मोड फिर्ता ल्यायो

Technology Khabar ३ कार्तिक २०८२, सोमबार

टेस्लाले म्याड म्याक्स अटोनोमस ड्राइभिङ मोड फिर्ता ल्यायो
Global IME Bank

काठमाडौं ।

टेस्लाको पूर्ण स्वायत्त ड्राइभिङ प्रणालीको पछिल्लो अपडेटमा म्याड म्याक्स नामक मोड थप गरिएको छ। यस सुविधामा प्रणालीको हरी मोडको तुलनामा उच्च गति र बारम्बार लेन परिवर्तनहरू समावेश रहेका छन्।

यो सुविधा नयाँ भने होइन र यो सन् २०१८ बाट अटोपाइलट परिमार्जनको अंशको रुपमा रहेको थियो जुन एफएसडी (फुल सेल्फ–ड्राइभिङ सिस्टम) भन्दा पहिले आएको थियो।

“२४ घण्टा पनि नभएको र गति सीमाभन्दा १५ माइल प्रति घण्टा भन्दा बढी गतिमा गाडी चलेको देखिएको छ” भनि इलेक्ट्रेकले रिपोर्ट गरेको छ।

अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले धेरै दुर्घटनाहरूका साथै ट्राफिक सुरक्षा उल्लङ्घनको ५० भन्दा बढी रिपोर्टहरू प्राप्त गरेपछि गत हप्ता टेस्लाको एफएसडी प्रणालीमा अनुसन्धान खोलेको थियो।

साथै नियामकले एफएसडी लाई “लक्ष्य” मा राखेको यो लगातार अर्को पटक भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया