Technology Khabar ३ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
नोभा फ्लिप एससँगै, ह्वावेले चीनमा नोभा १४ भाइटालिटी एडिसनको घोषणा गरेको छ। यो नोभा १४ सिरिजको पाँचौं सदस्यको रूपमा सामेल भएको छ जुन यस महिनाको सुरुमा लन्च गरिएको नोभा १४आई भन्दा ठीक माथि छ।
ह्वावे नोभा १४ भाइटालिटी एडिसनको स्पेसिफिकेशनहरूः
यो फोनमा एफएचडी+ रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेट भएको ६.७ इन्चको फ्ल्याट ओएलईडी डिस्प्ले समावेश गरिएको छ। ह्वावेले प्यानलले १,१०० निट्ससम्म ब्राइटनेस हासिल गर्न सक्ने बताएको छ।
बेजेलहरू पातलो छन् भने डिजाइनले सेतो र नीलो मोडेलहरूमा फ्रोस्टेड ग्लास फिनिशको साथ चीजहरूलाई सरल राखेको छ। साथै कालो संस्करणले प्लेन ब्याक रोजेको उल्लेख गरिएको छ। फोनको थिकनेस ७.१५ एमएम र तौल १९१ ग्राम रहेको छ।
हार्मनीओएस ५.१ चलाउने यो डिभाइस २५६जीबी र ५१२जीबी स्टोरेज विकल्पहरूमा उपलब्ध हुने बताइएको छ। यद्यपि ह्वावेले यस डिभाइसमा समावेश गरिएको चिपसेटको बारेमा खुलासा गरेको छैन।
ह्वावे नोभा १४ भाइटालिटी एडिसनको पछाडि, ओआईएस सहितको ५०मेगापिक्सेल आरवाईबीबी मुख्य क्यामरा (१/१.५६″) छ र जसमा ८मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स जोडिएको छ। डिभाइसको अगाडि सेल्फी र भिडियो कलहरूको लागि अर्को ५०मेगापिक्सेल सेन्सर (१/२.५″) समावेश गरिएको छ।
नोभा १४ भाइटालिटी एडिसनमा ५,५०० एमएएच ब्याट्री समावेश गरिएको छ जसमा ६६ वाटको फास्ट चार्जिङ सपोर्ट उपलब्ध रहेका छ। अन्य सुविधाहरूमा आईपी६५ धुलो र पानी प्रतिरोध, साइड–माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर, आईआर ब्लास्टर र बक्स बाहिर हार्मनीओएस ५.१ समावेश छन्।
मूल्य र उपलब्धताः
नोभा १४ भिटालिटी एडिसनको २५६ जीबी मोडेलको मूल्य २,१४९ चिनियाँ युआन (लगभग ३०० अमेरिकी डलर) र ५१२ जीबी भेरियन्टको मूल्य २,४४९ चिनियाँ युआन (लगभग ३४५ अमेरिकी डलर) बाट सुरु हुने बताइएको छ। नोभा १४ भिटालिटी एडिसनको बिक्री अक्टोबर २४ मा सुरु हुने र फोन चीनमा ह्वावेको आधिकारिक भीमल स्टोर मार्फत उपलब्ध हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ कार्तिक २०८२, सोमबार