क्यूआर कोडमार्फत हुने कारोबार: सङ्ख्या र रकम दुवै बढ्यो

Technology Khabar १ कार्तिक २०८२, शनिबार

क्यूआर कोडमार्फत हुने कारोबार: सङ्ख्या र रकम दुवै बढ्यो
QR Code contactless Pay. Picture: freepik.com

काठमाडौं ।

चालु आर्थिक वर्षको दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै बढेको पाइएको हो।

असारबाट साउनमा जाँदा क्यूआरमार्फत् हुने कारोबार रकम १२ अर्ब ५२ करोडले घटेर १ खर्ब ६७ लाख ५० हजारमा झरेको थियो भने कारोबार सङ्ख्या भने ६ लाख ९२ हजार ३५५ ले बढेको थियो।

साउनबाट भदौमा आइपुग्दा भने क्यूआरमार्फत् हुने कारोबार रकम ५६ करोड ३० लाखले बढेर समग्रमा १ खर्ब १ अर्ब २३ करोड ९० लाख पुगेको छ भने कारोबार सङ्ख्या पनि १ लाख ५९ हजार ४० ले बढेर ४ करोड १० लाख ८७ हजार ८०८ पुगेको विवरणले देखाएको छ।

प्रकाशित: १ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया