मार्चमा पूर्ण रूपमा अनावरण हुनुअघि अनर रोबोट फोनको टिजर सार्वजनिक

  • Technology Khabar | १ कार्तिक २०८२, शनिबार
मार्चमा पूर्ण रूपमा अनावरण हुनुअघि अनर रोबोट फोनको टिजर सार्वजनिक

काठमाडौं ।

अनरले म्याजिक८ र म्याजिक८ प्रो लाई आधिकारिक रुपमा अनावरण गरिएको छ र सोही कार्यक्रमको क्रममा ब्राण्डले रोबोट फोन भनिने आगामी डिभाइस पनि प्रस्तुत गरेको छ।

यो अर्को वर्षको मार्चको सुरुमा बार्सिलोनामा एमडब्ल्यूसीमा पूर्ण रूपमा प्रस्तुत गरिने बताइएको छ।

त्यसअघि ब्राण्डले रोबोट फोनको टिजर भिडियो सार्वजनिक गरेको छ। रोबोट फोनको क्यामरा डीजेआई ओस्मो पकेट ३ जस्तै देखिने बताइएको छ जुन फोनमा बिल्ट–इन हुनेछ।

यो अनर रोबोट फोनको क्यामराले मानव (वा रोबोट) टाउकोको नक्कल गर्ने उल्लेख गरिएको छ।

यो अनर रोबोट फोनले “देख्ने” कुरासँग पनि त्यस्तै तरिकाले अन्तरक्रिया गर्ने र निश्चित रूपमा धेरै बिल्ट–इन एआई फङ्गसनहरू हुनेछन्।

अहिलेको लागि, अनरले यस रोबोट फोनलाई अवधारणाको रुपमा उल्लेख गरेको छ। यो डिभाइस मार्चमा एमडब्ल्यूसीमा गरिने यसको पूर्ण अनावरणको क्रममा अवधारणा डिभाइसको रूपमा वा “फाइनल प्रोडक्ट” को रूपमा देखिनेछ भन्ने बारेमा स्पष्टता नभएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार