पेपलको ब्लकचेन साझेदार प्याक्सोसले भूलवश ३०० ट्रिलियन डलर बराबरको स्टेबलक्वाइन टोकन छापेपछि…

Technology Khabar १ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

पेपलको ब्लकचेन साझेदार प्याक्सोसले भूलवश हिजो ३०० ट्रिलियन डलर बराबरको स्टेबलक्वाइन टोकन मिन्ट (सिर्जना) गरेको पाइएको छ। यो पेपलको स्टेबलक्वाइन पीवाईयूएसडी सन् २०२३ मा सार्वजनिक गरिएको हो, जुन अमेरिकी डलरसँग १:१ को दरमा साट्न सकिने व्यवस्था गरिएको थियो।

तर ३०० ट्रिलियन डलर विश्वको हालको कुल जीडीपी (११७ ट्रिलियन डलर) भन्दा दोब्बरभन्दा बढी हो जसलाई स्पष्ट रूपमा प्याक्सोसको ठूलो गल्ती मानिएको छ।

यो घटना गल्ती नै भएको देखिएको छ। प्याक्सोसले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट गर्दै त्रुटि स्वीकार गरेको र प्रयोगकर्ताको सम्पत्ति सुरक्षित रहेको आश्वासन दिएको छ। कम्पनीले “अधिक टोकनहरू जलाइएको  र यो “आन्तरिक प्राविधिक त्रुटि” भएको जनाएको छ।

तर यस्ता आन्तरिक प्राविधिक गल्तीहरूले वित्तीय प्रणालीमा, विशेष गरी ब्लकचेन र क्रिप्टोको संवेदनशील दुनियाँमा, ठूलो प्रभाव पार्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। यो घटनालाई सबैभन्दा पहिले “वेब३ इज गोइङ जस्ट ग्रेट” नामक वेबसाइटले रिपोर्ट गरेको इन्ग्याजेटले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया