अनरको म्याजिक८ अनावरण: स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट समावेश

Technology Khabar १ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

अनरले आधिकारिक रूपमा चीनमा नयाँ म्याजिक८ र म्याजिक८ प्रो अनावरण गरेको छ। अनरका पछिल्ला फ्ल्यागशिप फोनहरूमा नयाँ एआई बटन सहित धेरै नयाँ अपग्रेडहरू समावेश गरिएका छन्। दुबै फोनहरू स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट द्वारा सञ्चालित हुने उल्लेख गरिएको छ।

अनर म्याजिक८ को स्पेसिफिकेसनः

बेस म्याजिक८ मा स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट समावेश गरिएको छ र यो मोडेल प्रो भेरियन्ट जस्तै स्पेक्स भएको सानो ६.५८ इन्चको ओएलईडी एलटीपीओ डिस्प्लेको साथ आउँछ। साथै डिभाइसमा एआई बटन र योयो सहायक पनि प्राप्त गरिने उल्लेख गरिएको छ।

फोनको पछाडिको भागमा ओआईएस सहितको ५० मेगापिक्सेल १/१.५६ इन्चको सेन्सर, ५० मेगापिक्सेल अल्ट्रावाइड क्यामरा र ३× अप्टिकल जुम भएको ६४ मेगापिक्सेल टेलिफोटो युनिट रहेको छ। सेल्फीको लागि, डिभाइसले अगाडि ५० मेगापिक्सेलको क्यामरा समावेश गरेको छ।

अनर म्याजिक८ मा बायोमेट्रिक्सको लागि थ्रीडी डेप्थ क्यामरा भने उपलब्ध नहुने बताइएको छ। यद्यपि, फोनले अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर प्रदान गर्ने उल्लेख गरिएको छ।

अनर म्याजिक८ मा ९०वाट वायर्ड र ८०वाट वायरलेस चार्जिङ समर्थनको साथ ७,०००एमएएच ब्याट्री रहेको छ। यो डिभाइस सनराइज गोल्ड, स्काई सायन र कालो रङ्गहरूमा उपलब्ध हुनेछ।

म्याजिक८ सिरिजका दुवै फोनहरू चीनमा प्रि–अर्डरको लागि उपलब्ध छन् र पहिलो बिक्री अक्टोबर २३ मा सुरु हुनेछ। आधार मोडेल १२जीबी/२५६जीबी भेरियन्टको मूल्य ४,४९९ चिनियाँ युआन (६३० अमेरिकी डलर) बाट सुरु हुन्छ।

१२जीबी/५१२जीबी विकल्पको मूल्य ४,७९९ (६७० अमेरिकी डलर) र १६जीबी/५१२जीबी मोडेलको मूल्य ४,९९९ (७०० अमेरिकी डलर) हुनेछ। साथै, १६जीबी/१टीबी विकल्प ५,४९९ चिनियाँ युआन (७७० अमेरिकी डलर) कायम गरिएको छ।

त्यसैगरी अनरले म्याजिक८ सिरिज चाँडै नै विश्वव्यापी बजारमा आउने पुष्टि गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया