अनर वाच ५ प्रो अनावरण

Technology Khabar १ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

अनरले म्याजिक८ र म्याजिक८ प्रो स्मार्टफोनहरू बाहेक म्याजिकप्याड३ प्रो १३.३ ट्याब्लेट र वाच ५ प्रो पनि अनावरण गरेको छ।

अनर वाच ५ प्रोको स्पेसिफिकेसनः

अनर वाच ५ प्रो ४६६×४६६ रिजोल्युसन भएको १.५ू राउण्ड (गोलो) एएमओएलईडी स्क्रिनमा आउँछ। अनर वाच ५ प्रो को केसको मापन ४६.३ × ४६.३ × ११.३ एमएम रहेको छ।

यसमा म्याग्नेटिक (चुम्बकीय) वायरलेस चार्जिङ सहितको ५१५ एमएएच ब्याट्री समावेश गरिएको र प्रोप्राइटरी प्लेटफर्मको माथि म्याजिकओएस चलाउने बताइएको छ। स्ट्र्याप बिना यसको तौल ५१.१ ग्राम र स्ट्र्यापको साथमा ७७.९ ग्राम रहेको छ।

यो अनर वाच ५ प्रोले ईसिम (कल सहित), ब्लुटुथ ५.२, डुअल–ब्याण्ड जीपीएस/ग्लोनास/ग्यालिलियो/बेइडौ/क्यूजेडएसएस समर्थन गर्दछ। त्यसैगरी वाच ५ प्रोले ब्लुटुथ–वन्ली (मात्र) मोडमा १५ दिनको अधिकतम ब्याट्री जीवन वा स्वतन्त्र ईसिम सञ्चालन मोडमा ३ दिनको लागि समर्थन प्रदान गर्दछ।

अपेक्षा गरे जस्तै, वाच ५ प्रोमा एक्सेलेरोमिटर, जाइरोस्कोप, हार्ट रेट मनिटर, एम्बिएण्ट लाइट सेन्सर, ब्यारोमेट्रिक प्रेसर सेन्सर, ईसीजी सेन्सर र जियोम्यागनेटिक सेन्सर जस्ता धेरै बिल्ट–इन सेन्सरहरू रहेका छन्।

अनर वाच ५ प्रोमा ६४एमबी र्याम र ८जीबी स्टोरेज पनि उपलब्ध रहेको छ र यो स्मार्टवाचलाई धुलो र पानी प्रतिरोधको लागि ५ एटीएम, आईपी६८, आईपी६९ र आईपी६९के मूल्याङ्कन गरिएको छ।

अनर वाच ५ प्रोको ईसिम संस्करणको मूल्य १,६९९ चिनियाँ युआन (२३८ अमेरिकी डलर) रहेको छ भने ब्लुटुथ–वन्ली (मात्र) मोडेलको लागि अहिलेसम्म कुनै मूल्य नतोकिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया