नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज

  • Technology Khabar | ३१ आश्विन २०८२, शुक्रबार
नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज

काठमाडौं ।

नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज ल्याएको छ। कम्पनीले आज असोज ३१ गतेदेखि लागू हुनेगरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुन: प्याकेज खरिद हुनेगरी रिन्युअल प्याकेजहरु सञ्चालनमा ल्याएको हो।

साविकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो-रेट को आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज रिन्यु हुने व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ।

अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। यस्ता प्याकेज खरिद गर्नेले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन्।

ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य रिकरिङ प्याकेज खरिद गर्न चाहेमा वा साविकका नर्मल एमएमएस र डाटा प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सक्नेछन्।

एउटा रिकरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रिकरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज पेन्डिङ अवस्थामा रहनेछ र पेन्डिङ प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र एक्टिभ हुनेछ।

अन्य नर्मल प्याकेज लिएको हकमा भने भ्यालिडिटी कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ। सेवा डिएक्टिभेट गर्न चाहने ग्राहकले जीएसएम पोस्टपेड अफर (रु ३००) सब्स्क्राइब गरी रिकरिङ सेवा बन्द गर्न सक्नेछन्।

कम्पनीका अनुसार रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्न *१४१५*२*४# डायल गरी छनौट गर्नुपर्नेछ। यसबाहेक थप जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्न सकिनेछ।

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...