राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक: यसरी हेर्नुहोस्

Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक: यसरी हेर्नुहोस्
Global IME Bank

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बोर्डले गोरखापत्रमा सूचना प्रकाशित गर्दै नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

बोर्डका अनुसार पुराना आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। सोहीबेला ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ विद्यार्थी सहभागी भएका मध्ये ३ हजार ५४० जनाले सफलता प्राप्त गरेका छन्।

उक्त दुवै परीक्षा मिलाउँदा कुल १३ हजार ९१० विद्यार्थी सहभागी भएका थिए, जस मध्ये ९ हजार ४५६ विद्यार्थीले उत्तीर्णता हासिल गरेका छन्। बोर्डका अनुसार दुई जनाको परीक्षा रद्द गरिएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिनेछ। साथै एसएमएस र आईभीआर सेवा पनि उपलब्ध रहेको बोर्डले जनाएको छ।

वेबसाइट

१. राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np
२. नेपाल टेलिकमको website: https://neb.ntc.net.np

एसएमएस सेवा

१. NEB <space> Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने ।

आईभीआर सेवा

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने।

यूएसएसडी सेवा 

१. * १६०१ # नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया