Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम चालु आर्थिक वर्षको पहिलो दोस्रो महिना भदौमा पनि उल्लेख्य रुपमा घटेको छ। यसअघि साउन महिनामा पनि कारोबार रकम र सङ्ख्या दुवै घटेको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ भदौसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम तथा सङ्ख्यामा गिरावट देखिएको हो।
असारबाट साउनमा जाँदा डिजिटल वालेट मार्फत २ अर्ब ९९ करोड २० लाख रुपैयाँले घटेर समग्र कारोबार रकम ४५ अर्ब ४४ करोड २० लाखमा आइपुगेको थियो। साउनबाट भदौ मसान्तसम्म आइपुग्दा पनि कारोबार रकम २ अर्ब १० करोड ९० लाखले घटेर समग्रमा ४३ अर्ब ३४ करोडमा झरेको छ।
यसैगरी कारोबार सङ्ख्या पनि असारबाट साउन मसान्तसम्ममा५ लाख २ हजार ४७५ घटेर ३ करोड ९६ लाख ८८ हजार २०३ मा पुगेको थियो। यसै प्रवृत्तिलाई दोहोर्याउँदै यो सङ्ख्या साउनबाट भदौ मसान्तसम्म पुग्दा १७ लाख ८५ हजार ९६८ ले घटेर समग्रमा ३ करोड ७९ लाख २ हजार २३५ मा आइपुगेको विवरणमा उल्लेख छ।
प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार