अनर म्याजिकप्याड३ प्रो आधिकारिक रुपमा अनावरण

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

काठमाडौं ।

म्याजिक८ र म्याजिक८ प्रो स्मार्टफोनहरू बाहेक अनरले म्याजिकप्याड३ प्रो १३.३ ट्याब्लेट र वाच ५ प्रो पनि अनावरण गरेको छ।

अनर म्याजिकप्याड३ प्रो १३.३ को स्पेसिफिकेसनः

अनरको यो नयाँ म्याजिकप्याड३ प्रो १३.३ ट्याब्लेटमा ३२००×२१३६ रिजोल्युसन र १६५हर्ज रिफ्रेस रेट भएको १३.३ इन्चको एलसीडी स्क्रिन समावेश गरिएको छ। ट्याब्लेटमा स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट र १२/१६जीबी र्यामको साथ २५६/५१२जीबी स्टोरेज उपलब्ध रहेको छ। साथै ट्याब्लेटमा रहेको १२,४५० एमएएच ब्याट्रीले ६६ वाट वायर्ड चार्जिङ समर्थन गर्दछ।

यस म्याजिकप्याड३ प्रो १३.३ ट्याब्लेटमा १३ मेगापिक्सेलको रियर क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र ९ मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश गरिएको छ। यस ट्याब्लेटको मापन २९३.८८ × २०१.३८ × ५.७९ एमएम र तौल ५९५ ग्राम रहेको छ। एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १०.० सँग आउने यो ट्याब्लेट सेतो, सुनौलो र खैरो रङ्गमा उपलब्ध हुनेछ।

म्याजिकप्याड३ प्रो १३.३ ट्याब्लेटको १२/२५६जीबी मोडेलको मूल्य ३,७९९ चिनियाँ युआन (५३३ अमेरिकी डलर) बाट सुरु हुन्छ भने १२/५१२जीबी संस्करणको मूल्य ४,३९९ चिनियाँ युआन (६१७ अमेरिकी डलर) कायम गरिएको छ। साथै १६/५१२जीबी संस्करणको मूल्य ४,६९९ चिनियाँ युआन (६५९ अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया