Technology Khabar ३० आश्विन २०८२, बिहीबार
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती दुई महिनामा मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम उल्लेख्य परिमाणमा घटेको पाइएको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/२०८३ को दोस्रो महिना भदौसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा गिरावट आएको पाइएको हो।
असारबाट साउनमा जाँदा फागुनमा जाँदा कारोबार सङ्ख्या २३ लाख २५ हजार ५६३ घटेर समग्रमा ६ करोड ३१ लाख ७४ हजारमा आइपुगेको थियो। साउनबाट भदौमा जाँदा ५ लाख ८५ हजार ३३० घटेर समग्रमा ६ करोड २५ लाख ८९ हजार २६४ मा झरेको छ।
कारोबार रकम पनि पछिल्लो दुई महिना ओरालो लागेको पाइएको छ। असारबाट साउनमा जाँदा कारोबार रकम ५५ अर्ब ३४ करोड १० लाख घटेर ४ खर्ब ७४ अर्ब ९४ करोड ४० लाखमा आइपुगेको थियो। यसैगरी साउनबाट भदौ मसान्तसम्म पुग्दा ६ अर्ब ७९ करोड घटेर समग्रमा ४ खर्ब ६८ अर्ब १५ करोड ४० लाखमा झरेको छ।
प्रकाशित: ३० आश्विन २०८२, बिहीबार