डेलले सय डलरभन्दा कम मूल्यमा २००हर्ज गेमिङ मनिटर ‘एसई२४२५एचजी’ लन्च गर्यो

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

काठमाडौं ।

डेलले चीनमा नयाँ २३.८ इन्चको फुल एचडी मनिटर ‘एसई२४२५एचजी’ अनावरण गरेको छ। यो नयाँ ‘एसई२४२५एचजी’ गेमिङ मनिटरको मूल्य ६९९ युआन (९८ अमेरिकी डलर) कायम गरिएको छ।

यो गेमिङ मनिटरले किफायती मूल्यमा सहज, उच्च–रिफ्रेस–रेट डिस्प्ले खोज्ने क्याजुअल गेमरहरू र दैनिक प्रयोगकर्ताहरू दुवैलाई लक्षित गर्दछ। यो मनिटर भारतीय बजारमा पहिले नै उपलब्ध भएको रिपोर्ट गरिएको छ।

डेल एसई२४२५एचजी मनिटर स्पेसिफिकेसनहरूः

मनिटरमा १९२०×१०८० को नेटिभ रिजोल्युसन भएको फास्ट आईपीएस प्यानल रहेको छ। फास्ट आईपीएस प्यानलले स्क्रिनभरि कन्सिस्टेन्ट भ्यूइङ (हेर्ने कोणको एकरूपता) र कलर युनिफर्मिटि (रङ एकरूपता) सुनिश्चित गर्दछ।

यसमा २००हर्ज रिफ्रेस रेट र १एमएस जीटीजी रेसपोन्स टाइम (प्रतिक्रिया समय) रहेको छ जसले स्मुथ मोसन क्लियारिटी र मिनिमल (न्यूनतम) इनपुट ल्याग सुनिश्चित गर्दछ जुन द्रुत–गतिको गेमिङ सत्रहरूको लागि उल्लेखनिय हुने बताइएको छ।

कलर एक्युरेसी (रङ शुद्धता) को सन्दर्भमा, मनिटरले १०००ः१ कन्ट्रास्ट रेसियो राखेको र १ करोड ६७ लाख रङहरू समर्थन गर्ने बताइएको छ जसले सन्तुलित ब्राइटनेस र स्याडो डिटेल (विवरण) को साथ यथार्थपरक तस्बिरहरू उत्पादन गर्दछ। स्क्रिनले एसआरजीबी रङ गामुटको ९९ प्रतिशत कभर गर्दछ र ३०० निट्सको विशिष्ट ब्राइटनेस प्रदान गर्दछ।

एसई२४२५एचजी गेमिङ मनिटरमा एएमडी फ्रीसिङ्क प्रिमियमको लागि समर्थन समावेश गरिएको छ। यसले जीपीयूको आउटपुटसँग रिफ्रेस रेटलाई सिङ्क्रोनाइज गरेर स्क्रिन टियरिङ र सटरिङको समस्या हटाउन मद्दत गर्ने बताइएको छ।

साथै डेलले टीयूभी राइनल्याण्ड–प्रमाणित कम्फर्टभ्यू प्लस पनि थप गरेको छ जुन हार्डवेयर–लेभल (स्तर) को लो ब्लू लाइट सलुसन भएको बताइएको छ जसले रङ्ग शुद्धतालाई असर नगरी आँखाको तनाव कम गर्ने उल्लेख गरिएको छ।

डेलले एसई२४२५एचजी लाई माइनस पाँच (–५) डिग्री र एक्काइस (२१) डिग्री बीचको कोणलाई समर्थन गर्ने टिल्ट–एडजस्टेबल स्ट्यान्डको साथ डिजाइन गरेको छ। मनिटरमा दुई एचडीएमआई २.१ टीएमडीएस पोर्टहरू, एउटा डिस्प्लेपोर्ट १.४ इनपुट र ३.५एमएम हेडफोन ज्याक समावेश गरिएको छ। यी विकल्पहरूले डिस्प्लेलाई पीसी, ल्यापटप र गेमिङ कन्सोलहरूसँग जडान गर्न अनुमति दिनेछ।

कम्पनीले एसई२४२५एचजी को लागि तीन वर्षको वारेन्टी प्रदान गर्ने बताइएको छ। साथै मनिटर जेडी डट कम सहित प्रमुख चिनियाँ खुद्रा प्लेटफर्महरूमा उपलब्ध रहेको उल्लेख गरिएको छ।

त्यसैगरी डेलले हालै एनभिडिया जीबी१० सुपरचिपद्वारा संचालित नयाँ मिनी पीसी प्रस्तुत गरेको छ जसमा इन्टेल र एएमडी दुवै प्रोसेसर विकल्पहरू रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया