
काठमाडौं ।
मोटोरोलाको मोटो एक्स७० एयर अनावरण गरिएको छ। यो डिभाइसको थिकनेस (मोटाई) ६ एमएम भन्दा कम र तौल १५९ ग्राम रहेको छ। टप–टियरबाट सुरु भएको पातलो फोनहरूको नयाँ लहरमा मिड–रेञ्ज संस्करणहरू पनि पहिले देखि नै उपलब्ध हुँदै आएका छन्।
फोनमा ६.७ इन्चको स्क्रिन, १२२०पी+ रिजोल्युसन भएको १२०हर्ज ओएलईडी समावेश गरिएको छ। यो ४,५०० निट्स पीक ब्राइटनेस भएको फ्ल्याट प्यानल हो र यसमा ५० मेगापिक्सेल सेल्फी क्यामरा पञ्च–होल्ड गरिएको छ भने यसको तल फिङ्गरप्रिन्ट रिडर पनि उपलब्ध रहेको छ।
ग्यालेक्सी एस२५ एज र आईफोन एयर जस्ता प्रिमियम मोडेलहरू जत्तिकै पातलो नभए पनि, मोटोरोलामा ४,८००एमएएच को ठूलो ब्याट्री समावेश गरिएको छ। ब्याट्रीमा ६८वाट फास्ट वायर्ड र १५वाट वायरलेस चार्जिङ बुट हुने जनाइएको छ। तुलनाको लागि, सामसङमा ३,९००एमएएच क्षमता रहेको छ भने एप्पल फोनमा ३,१४९एमएएच ब्याट्री समावेश गरिएको छ।
त्यसैगरी, एक्स७० एयरको मेटल फ्रेमलाई विभिन्न कोणहरूमा भुइँमा झरेको अवस्थामा बचाउनको लागि बलियो बनाइएको छ। यसलाई डुब्ने र हट वाटर (तातो पानीको) जेट्स विरुद्ध प्रतिरोधको लागि आईपी६८ र आईपी६९ मूल्याङ्कन गरिएको छ।
फोनको पछाडिको भाग ग्याजेट ग्रे, लिली प्याड र ब्रोन्ज ग्रीन गरी धेरै प्यान्टोन रङहरूमा उपलब्ध गराइएको छ। प्रत्येक क्यामरा मोड्युलहरू वरिपरिको रिङहरू र छेउमा पावर बटनको लागि एक्सेन्ट रङसँग जोडिएको छ।
क्यामरातर्फ सामसङ सेन्सर (जुन अस्पष्ट छ) को साथ ५०मेगापिक्सेल मुख्य मोड्युल र ५०मेगापिक्सेल १२० डिग्री अल्ट्रा–वाइड क्यामरा समावेश गरिएको छ।
स्न्यापड्रागन ७ जेन ४ द्वारा संचालित फोनलाई चिसो पार्नको लागि थ्रीडी भेपर चेम्बरको साथमा १२जीबी एलपीडीडीआर५एक्स र्याम र २५६/५१२जीबी यूएफएस ३.१ स्टोरेज समावेश गरिएको छ। यद्यपि डिभाइसमा कुनै माइक्रोएसडी स्लट वा ३.५एमएम हेडफोन ज्याक भने उपलब्ध नभएको उल्लेख गरिएको छ।
मोटोरोला मोटो एक्स७० एयर चीनको लेनोभो डट कम मा सूचीबद्ध गरिएको छ भएका पनि अहिलेसम्म कुनै मूल्य विवरण उपलब्ध नभएको बताइएको छ। डिभाइसको मूल्य विवरण चाँडै बाहिरिने र हालैका लीकहरू हेर्दा विश्वव्यापी लन्च पनि नजिकै रहेको उल्लेख गरिएको छ। विश्वव्यापी भेरियन्ट भने सम्भवतः मोटोरोला एज ७० नाम अन्तर्गत बिक्री हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० आश्विन २०८२, बिहीबार