स्पोटिफाईले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सामग्री नियन्त्रण गर्न सजिलो बनायो

  • Technology Khabar | ३० आश्विन २०८२, बिहीबार
स्पोटिफाईले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सामग्री नियन्त्रण गर्न सजिलो बनायो

काठमाडौं ।

स्पोटिफाईले म्यानेज्ड एकाउन्टस् नामक प्रिमियम फ्यामली एक्सक्लुसिभ (परिवार विशेष) सुविधा लन्च गर्ने भएको छ। यस सुविधाले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको स्पोटिफाईमा बढी नियन्त्रण दिनेछ। यो नयाँ सुविधा अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, जर्मनी, फ्रान्स र नेदरल्याण्ड जस्ता चुनिएका बजारहरूमा लन्च गरिने छ।

प्रिमियम फ्यामली एकाउन्ट होल्डर्स (खाता धारक) अभिभावकहरूले अब एक्सप्लिसिट कन्टेन्ट (सामग्री) फिल्टर गर्न, निश्चित गीतहरू, एल्बमहरू वा कलाकारहरूलाई प्रतिबन्ध लगाउन र कुनै विशेष ट्र्याकहरूसँग प्ले हुने सर्ट (छोटो) भिडियोहरू लुकाउन सक्नेछन्।

त्यसैगरी, म्यासेजिङ फिचर (सुविधा) बच्चाहरूको खाताबाट पूर्ण रूपमा हटाइएको छ। यी प्रतिबन्धहरू १३ वर्ष मुनिका बच्चाहरूमा लागू हुने रिपोर्ट गरिएको छ।

म्यानेज्ड एकाउन्टस् उल्लेखनीय रूपमा समर्पित स्पोटिफाई किड्स एपबाट अलग भएको उल्लेख गरिएको छ।

बच्चाहरू अझै पनि आफ्नै प्लेलिस्ट र गीतहरू क्युरेट (व्यवस्थित) गर्न स्वतन्त्र हुनेछन् र उनीहरूको सुन्ने बानीको आधारमा स्पोटिफाईको एल्गोरिथ्मबाट सुझावहरू प्राप्त गर्नेछन्। यी सुझावहरू अभिभावकहरूको सुझाव गरिएका ट्र्याकहरू र कलाकारहरूबाट पनि अलग हुनेछन् भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार