विशेष अफरसहित आगामी बिहीबारबाट वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज

Technology Khabar २९ आश्विन २०८२, बुधबार

काठमाडौं ।

वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले यहाँ आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको छ।

कार्यक्रममा ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्ने कम्पनीले जनाएको छ।

यस कार्यक्रमको मुख्य आकर्षण नाडा अटो सोमा सो स्टपरका रुपमा स्थापित भएको आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ।

रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सि र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ हिट इभी बन्ने सफल भएको हो।

यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकहरुले फ्युचरिस्टिक दिपल इभी मात्र नभई मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्न सक्नेछन् जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो।

आइतबारसम्म चल्ने यो कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क वाल तथा ट्राभल चार्जर र निशुल्क एसेसोरिज पनि पाइनेछ।

प्रकाशित: २९ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया