क्रोमले बेवास्ता गरिएका नोटिफिकेसनहरूबाट छुटकारा पाउन मद्दत गर्ने

Technology Khabar २९ आश्विन २०८२, बुधबार

काठमाडौं ।

गुगलले एन्ड्रोइड र डेस्कटप प्रयोगकर्ताहरूको लागि नयाँ क्रोम ब्राउजर सुविधा प्रस्तुत गर्ने भएको छ। यस नयाँ सुविधाले प्रयोगकर्ताहरूले पहिले नै बेवास्ता गरिरहेका वेबसाइटहरूको नोटिफिकेसनहरू स्वचालित रूपमा असक्षम पार्न मद्दत गर्नेछ।

क्रोमको सेफ्टि चेक सुविधाले पहिले नै क्यामरा एक्सेस (पहुँच) अनुमतिहरू र लोकेसन (स्थान) ट्र्याकिङको लागि समान फङ्गसन्यालिटी (कार्यक्षमता) प्रदान गर्दै आएको छ।

यो नयाँ आटो–अनसब्सक्राइब (स्वतः सदस्यता रद्द) सुविधा समान एन्ड्रोइड सुविधामा निर्माण गरिएको छ जसले क्रोम प्रयोगकर्ताहरूलाई सिङ्गल (एक) ट्यापमा रुचि नभएका वेबसाइटहरूको लागि नोटिफिकेसनहरू “बन्द” गर्न सजिलो बनाउने छ।

यो सुविधाले डिभाइसमा इन्स्टल भएका कुनै पनि वेब एपहरूको लागि नोटिफिकेसनहरू असक्षम नगर्ने र धेरै नोटिफिकेसनहरू पठाउने र प्रयोगकर्ताहरूले विरलै अन्तक्र्रिया गर्ने त्यस्ता वेबसाइटहरूको लागि मात्र अनुमतिहरू असक्षम गरिने बताइएको छ।

गुगलका अनुसार, क्रोममा रहेका सबै वेब नोटिफिकेसनहरूको एक प्रतिशत भन्दा कमले हाल प्रयोगकर्ताहरूबाट कुनै पनि अन्तक्र्रिया प्राप्त नगर्ने बताइएको छ जसले तिनीहरूलाई प्रायः उपयोगी भन्दा बढी ध्यान भंग गर्ने बनाउने गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया