शाओमी १७ अल्ट्राले डाइरेक्ट स्याटेलाइट कनेक्सनलाई समर्थन गर्ने

  • Technology Khabar | २९ आश्विन २०८२, बुधबार
शाओमी १७ अल्ट्राले डाइरेक्ट स्याटेलाइट कनेक्सनलाई समर्थन गर्ने

काठमाडौं ।

शाओमी १७ अल्ट्राको बारेमा हल्लाहरू सतहमा आउन थालेका छन्। यद्यपि ह्यान्डसेट सन् २०२६ को सुरुमा मात्र लन्च हुने अपेक्षा गरिएको छ। साथै यस हप्ताको सुरुमा देखा परेको लीकले डिभाइसमा थोरै अपग्रेड गरिएको क्यामरा सेटअपको बारेमा सुझाव दिएको छ।

यसै क्रमममा अब ह्यान्डसेटले डाइरेक्ट स्याटेलाइट कनेक्सन प्रयोग गर्न चिनियाँ नियामक निकायबाट स्वीकृति प्राप्त गरेको रिपोर्ट गरिएको छ।

सूची अनुसार, शाओमी १७ अल्ट्राले स्याटेलाइट कल र सन्देशहरूको लागि टियान्टोङ–१ र बेइडो कनेक्टिभिटीलाई समर्थन गर्नेछ। साथै सूचीले यूडब्ल्यूबी समर्थन पनि हुने खुलासा गरेको छ जुन शाओमीको प्रमुख फोनहरूको लागि नयाँ सुविधा हो।

यस पटक सेप्टेम्बरमा पहिले देखाइएको भन्दा फरक नयाँ मोडेल नम्बर २५१२८पीएनए१सी समावेश रहेको बताइएको छ।

यसको मतलब यो डिभाइस स्याटेलाइट कनेक्सन समर्थनसहितको चाइना–वन्ली भेरिएण्ट हुने वा यो दुई संस्करणहरूमा आउने रिपोर्ट गरिएको छ।

त्यसैगरी डिभाइसको बारेमा अहिले नै यकिन गरेर भन्नु हतार हुने भएकोले आगामी हप्ता र महिनाहरूमा शाओमी १७ अल्ट्राको बारेमा थप लीक बाहिरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...