त्रिवि शिक्षण अस्पतालले माग्यो अत्याधुनिक ‘रोबोटिक-रेडी मोड्युलर अपरेशन थियटर’ निर्माणका लागि प्रस्ताव

Technology Khabar २८ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अत्याधुनिक विश्वस्तरको रोबोटिक-रेडी टर्नकी मोड्युलर अपरेशन थियटर निर्माणका लागि इच्छुक कम्पनीहरूबाट प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरेको छ।

अस्पतालले आज एक सूचना जारी गरेर यो परियोजना टर्नकी प्रोजेक्टका रूपमा कार्यान्वयन हुने र यस अन्तर्गत सम्पूर्ण निर्माण, उपकरण आपूर्ति, र प्राविधिक स्थापनाको जिम्मेवारी छनोट भएको कम्पनीले वहन गर्नुपर्नेछ।

इच्छुक कम्पनीहरूले अस्पतालको आवश्यकता अनुसार तयार पारिएको रोबोटिक-रेडी मोड्युलर अपरेशन थियटरको डिजाइन, आवश्यक उपकरण, निर्माण सामग्री, र प्राविधिक विवरण सहित प्रस्ताव पेश गर्नुपर्नेछ।

प्रस्ताव बुझाउने म्याद सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र तोकिएको छ। प्रस्तावहरूमा विस्तृत थ्रीडी ड्रइङ र प्राविधिक विवरण अनिवार्य रूपमा समावेश गर्न अस्पतालले आग्रह गरेको छ।

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया