Technology Khabar २८ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
अनरले आफ्नो आगामी म्याजिक८ प्रोको बारेमा र विशेष गरी यसको २०० मेगापिक्सेल टेलिफोटो क्यामराको बारेमा केही नयाँ टिजरहरू जारी गरेको छ।
डिभाइसमा १/१.४ प्रकारको सेन्सर, एआईएमएजीई अनर नक्स इन्जिन, ठूलो एफ/२.६ अपर्चर र ब्राण्डका अनुसार उद्योगको पहिलो सीआईपीए ५.५–स्टप ईमेज स्टेबलाईजेसन हुनेछ।
यसले कुनै पनि प्रतिकूल प्रभाव बिना स्टेबलाईजेसन (स्थिरीकरण) बिना शटर स्पिड (गति) ५.५ गुणा सुस्त/ढिलो बनाउन सक्ने भएकाले ह्याण्ड सेकिङ (हात हल्लिने) समस्या सम्हाल्ने नाम राखिएको उल्लेख गरिएको छ।
म्याजिक८ र म्याजिक८ प्रो अक्टोबर १५ मा अनरको म्याजिकओएस १० सँग आधिकारिक रूपमा आउँदैछन् जुन यसको एन्ड्रोइड स्किनको पछिल्लो पुनरावृत्ति भएको र अवश्य पनि एन्ड्रोइड १६ मा आधारित हुने रिपोर्ट गरिएको छ।
म्याजिक८ प्रो स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी द्वारा संचालित हुनेछ भने १६जीबी सम्मको र्याम र १टीबी सम्मको स्टोरेजको समावेश गरिने बताइएको छ।
डिभाइसमा १२०वाट वायर्ड चार्जिङको लागि समर्थनको साथ ७,००० एमएएच ब्याट्री हुनेछ र त्यसका साथै वायरलेस चार्जिङ पनि हुनेछ। डिभाइसको पछाडिका अन्य दुई क्यामराहरूमा ५० मेगापिक्सेलको मुख्य र ५० मेगापिक्सेलको अल्ट्रावाइड हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार