Technology Khabar २८ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
चीन–विशेष सामसङ डब्ल्यू२६ आधिकारिक रूपमा लन्च गरिएको छ। अघिल्ला डब्ल्यू–सिरिज रिलीजहरू जस्तै डब्ल्यू२६ पनि केही सानो कस्मेटिक परिवर्तनहरू र थप प्रिमियम अनबक्सिङ अनुभवको साथ आएको उल्लेख गरिएको छ।
सामसङले डब्ल्यू२६ मा स्याटेलाइट कनेक्टिभिटी पनि थपेको छ जसले अब चीनका प्रयोगकर्ताहरूलाई नेटवर्क कनेक्टिभिटी बिनाका क्षेत्रहरूमा कल गर्न र सन्देश पठाउन टियान्टोङ स्याटेलाइट प्रणाली प्रयोग गर्न अनुमति दिनेछ।
अन्य हार्डवेयर परिवर्तन भनेको १६ जीबी र्याम भएको बताइएको छ जुन डब्ल्यू२६ को ५१२जीबी स्टोरेज र १टीबी स्टोरेज मोडेलहरू गरी दुवैमा मानकको रूपमा आउने बताइएको छ।
सामसङ डब्ल्यू२६ रातो र कालो रङ्गहरूमा उपलब्ध हुनेछ भने दुबै मोडेलहरूमा फ्रेम र क्यामरा रिङ्गहरू वरिपरि गोल्ड (सुनौलो) एक्सेन्टहरू देख्न सकिने छन्। अर्को परिवर्तन भनेको डिभाइसको धेरै ठूलो रिटेल बक्स हो जसले गोल्ड (सुनौलो) एक्सेन्ट विवरणहरू जारी राख्दै अब सामसङ फोनहरूमा समावेश नगरिएका केही निःशुल्क उपहारहरू पनि समावेश गरेको छ।
यसमा रङ–मिल्ने केवलर केस, २५ वाट चार्जर, यूएसबी–सी केबल र १,००० चिनियाँ युआन बराबरको उपहार कार्ड समावेश छन्।
आकर्षक प्याकेजिङ र अतिरिक्त उपहारहरूको साथ प्रिमियम रुपमा आउने डब्ल्यू२६ को १६जीबी र्याम र ५१२जीबी स्टोरेज संस्करणको लागि १६,९९९ चिनियाँ युआन (२,३९० अमेरिकी डलर) बाट मूल्य सुरु हुनेछ। सामसङले १८,९९९ चिनियाँ युआन (२,६७० अमेरिकी डलर) मूल्यमा उच्च–स्तरीय १६जीबी र्याम र १टीबी स्टोरेज ट्रिम पनि प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
सामसङ डब्ल्यू२६ सामसङ र चाइना टेलिकम बाट प्रि–अर्डरको लागि उपलब्ध भएको उल्लेख गरिएको छ।
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार