आर्टिफिसियल इन्टेलिजेन्सका कारण सामसङको शेयर अहिलेसम्मकै उच्च विन्दुमा

Technology Khabar २८ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

शुक्रबार सामसङको शेयर ६.१ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

सामसङ दक्षिण कोरियाको सबैभन्दा ठूलो कम्पनी हो र यसको मूल्य लगभग ६२० ट्रिलियन दक्षिण कोरियाली वन वा ४३३.७ बिलियन अमेरिकी डलर रहेको छ।

त्यसैगरी यस वर्ष कम्पनीको शेयर ७७ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरिएको छ।

कम्पनीले एसके हाइनिक्सलाई चुनौती दिन र एनभिडियाका साथै अन्य कम्पनीहरूलाई एआई–सम्बन्धित कम्पोनेन्टहरूको लागि हाई–ब्यान्डविथ मेमोरी आपूर्ति गर्न सक्षम हुने कतिपयको विश्वास रहेको उल्लेख गरिएको छ।

एनभिडिया र सामसङ आपूर्ति मात्रा, मूल्य निर्धारण र तालिकाहरूमा वार्ताको अन्तिम चरणमा रहेको बताइएको छ। साथै सामसङले डीआरएएम र एनएएनडी चिपबाट पनि फाइदा लिने अपेक्षा गरिएको छ। यस्ता कम्पोनेन्टहरूको अभावले उच्च मूल्य निम्त्याउने अनुमान गरिएको छ।

अमेरिकाका विश्लेषक हरिस खुर्शीदले यसलाई सामसङको एआई क्षण भनेर वर्णन गरेका छन्। “सामसङले अन्ततः आफ्नो एआई क्षण प्राप्त गरेको छ। रोचक कुरा के छ भने यो वृद्धि केवल चिप्सको बारेमा नभइ, यो विश्वासको बारेमा हो” भनि उनले बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया