Technology Khabar २८ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
प्रारम्भिक लीक भएको वान यूआई ८.५ बिल्डहरू मध्ये एकमा गहिरो रूपमा गाडिएको अवस्थामा एन्ड्रोइड अथोरिटिले आगामी सामसङ ग्यालेक्सी बड्स ४ को सन्दर्भमा नयाँ जानकारी फेला पारेको छ।
प्रारम्भिक वान यूआई ८.५ बिल्डमा सामसङको स्मार्ट वेयरेबल्सको आइकनहरू छन् जसमा अझै रिलीज नभएको ग्यालेक्सी बड्स ४ पनि समावेश रहेको छ। “लिस्ट)आईसी)इयरबड्स)बड्स४” फाइल नामको साथ फेला परेको उक्त आइकन वास्तवमा बड्स ४ हुन् भनेर सुरक्षित रुपमा मान्न सकिने रिपोर्ट गरिएको छ।
ग्यालेक्सी बड्स ४ को रफ स्केच जस्तो देखिने यसले डिजाइन परिवर्तनको सुझाव दिएको जनाइएको छ। एउटै फर्मवेयरमा रहेको बड्स ३ को आइकन हेर्दा त्यहाँ स्पष्ट रूपमा डिजाइन भिन्नता देख्न सकिने उल्लेख गरिएको छ।
सामसङले आफ्नो सफ्टवेयर बिल्डहरूमा बड्स ४ लाई रिफ्रेन्सिङ गर्न थालेको हुनाले अब बड्स ४ सिरिजको लन्च सम्भवतः नजिकिदै गरेको अनुमान गरिएको छ।
बड्स ३ सिरिज गत वर्ष जुलाईमा लन्च गरिएको हुनाले इयरबडहरू अपग्रेड गर्न ढिलाइ भएको उल्लेख गरिएको छ। यद्यपि ग्यालेक्सी बड्स ४ र ४ प्रोको बारेमा एकदमै कम जानकारी उपलब्ध भएकाले स्मार्ट वेयरेबल्सको रिलीज भने सोचिएको जस्तो नजिक नहुन सक्ने एन्ड्रोइड अर्थोरिटीले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार