ग्रोक इम्याजिनले भिडियो जेनेरेसनमा आर्टिफिसियल इन्टेलिजेन्सको शक्ति देखायो

Technology Khabar २८ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

प्रविधिको क्षेत्रमा इलन मस्कले फेरि एक पटक सबैको ध्यान आकर्षित गरेका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स भिडियो जेनेरेसन प्लेटफर्म ग्रोक इम्याजिनले आफ्नो नयाँ संस्करण ०.९ प्रस्तुत गरेको छ जुन अब छिटो रुपमा, थप इन्टेलिजेन्ट (बुद्धिमान) र बढी यथार्थपरक परिणामहरू प्रदान गर्न सक्षम रहेको बताइएको छ।

यस अपडेटले पहिले नै मानिसहरूलाई अत्यधिक यथार्थपरक भिडियोहरू सिर्जना गर्ने क्षमताले चकित पारिसकेको अवस्थामा अब यसले मस्कको भिडियो तयार पार्दे फेरी पनि चकित पारेको छ।

एक भारतीय कन्टेण्ट क्रियटर प्रशान्तले एआईद्वारा उत्पन्न गरिएको भिडियो एक्समा साझा गरेका छन्। एआईबाट बनाइएको उक्त भिडियोमा प्रसिद्ध हलिउड चलचित्र आइरन म्यानको एक प्रसिद्ध दृश्य पुनः सिर्जना गरिएको छ।

यस पटक, इलन मस्क जस्तो देखिने व्यक्ति टोनी स्टार्कको भूमिकामा देखा परेको रिपोर्ट गरिएको छ। साथै उक्त भिडियोमा, मस्क जस्तो पात्रले भाषण दिइरहेको देख्न सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।

“ग्रोक इम्याजिन ०.९ ले फिल्ममेकिङ (निर्माण) लाई धेरै सजिलो बनाउँछ। मैले यो प्रतिष्ठित आइरन म्यानको दृश्यको पुनः कल्पना गरें। तपाईं यसलाई एक पटक मात्र हेर्न सक्नुहुन्न। एक्सएआईको पछिल्लो मोडेलको दृश्य गुणस्तर, गति र अडियो उत्पादन क्षमताहरू देखेर म छक्क परेको छु। यो एक अविश्वसनीय मोडेल हो” भनि आफ्नो पोस्टमा प्रशान्तले लेखेका छन्।

त्यसैगरी पोस्टमा प्रतिक्रिया दिँदै, टेस्लाका सीईओले भनेः “ग्रोक इम्याजिनको संस्करण ०.९ को लागि नराम्रो छैन।”

 

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया