विज्ञापन नछापी ठेक्का दिएपछि नगरपालिकाका कर्मचारी र विज्ञापन एजेन्सीमाथि भ्रष्टाचार मुद्दा दायर

Technology Khabar २६ आश्विन २०८२, आईतवार

काठमाडौं ।

रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का नम्बर MNM/Works/2/077/078 अन्तर्गत “माधव नारायण नगरपालिका–०३, सखुअर्वा, देवी माध्यमिक विद्यालयको भवन निर्माण” सम्बन्धी बोलपत्र प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा आ.व. २०७७/७८ मा उक्त ठेक्काको बोलपत्र आह्वान र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान रहे पनि सो सूचना वास्तविक रूपमा प्रकाशित नगरी केवल अभिलेख प्रयोजनका लागि सीमित प्रतिमा मात्र छापिएको देखिएको आयोगले जनाएको छ।

उक्त कार्यमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभर्टाइजिङ प्रा.लि.का सञ्चालक अजित कुमार कर्ण संलग्न रहेको आरोप लगाइएको छ।

उनीहरूले आपसी मिलोमतो र योजनाबद्ध रूपमा गैरकानूनी लाभ लिन तथा नगरपालिकालाई हानि पुर्‍याउने उद्देश्यले बोलपत्र आह्वानको सूचना र आशयको सूचना सार्वजनिक नगरेको आयोगको आरोपपत्रमा उल्लेख गरिएको छ।

प्रेस काउन्सिल नेपालबाट समेत २०७७।१०।०८ गतेको बोलपत्र आह्वान सूचना र २०७७।११।१३ गतेको बोलपत्र स्वीकृत आशयको सूचना सम्बन्धी पीडीएफ अभिलेख नदेखिएको पुष्टि भएपछि, सो सूचना झूटो विवरणका आधारमा मात्र तयार पारिएको ठहर गरिएको हो।

आयोगका अनुसार, उक्त झूटा विवरणका आधारमा रौतहट एडभर्टाइजिङ प्रा.लि.लाई रु. २,५७,९७० (दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ) भुक्तानी गरिएको पाइएकाले तिनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको मागसहित आरोपपत्र दायर गरिएको हो।

प्रकाशित: २६ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Ncell’s 11GB data to 11 lucky customers

  • Technology Khabar
  • २६ आश्विन २०८२, आईतवार

inDrive launches new campaign- Your journey begins with your choice

२६ आश्विन २०८२, आईतवार

Samsung Nepal introduces Galaxy Buds3 FE

२६ आश्विन २०८२, आईतवार