च्याटजीपीटी सात महिनासम्म लगातार सबैभन्दा बढी डाउनलोड हुन सफल

Technology Khabar २६ आश्विन २०८२, आईतवार

काठमाडौं ।

च्याटजीपीटी सात महिनासम्म लगातार सबैभन्दा बढी डाउनलोड हुन सफल भएको एप बनेको छ। मोबाइल एप विश्लेषण उपकरण एपफिगर्सको तथ्यांकअनुसार यस वर्ष मार्चदेखि सेप्टेम्बरसम्म गुगल प्ले र आईओएस एप स्टोरमा ओपनएआईको च्याटबोट सबैभन्दा बढी डाउनलोड भएको थियो।

विदेशी सञ्चारमाध्यम टेलिग्राफका अनुसार, वर्षको सुरुदेखि अहिलेसम्म च्याटजीपीटी एप विश्वभर करिब ४१०.८ मिलियन (४१ करोड ८ लाख) पटक डाउनलोड भएको छ।

टेलिग्राफका अनुसार मोबाइल एप विश्लेषण प्लेटफर्मका तथ्यांकअनुसार यो संख्या अन्य एआई एपहरूको तुलनामा निकै माथि छ। उदाहरणका लागि, गुगल जेमिनी एप केवल १३१.१ मिलियन (१३ करोड ११ लाख) पटक डाउनलोड गरिएको छ। यी तथ्यांक प्रभावशाली देखिए पनि, विश्वभर च्याटजीपीटीको तीव्र लोकप्रियता हेर्दा यथार्थपरक देखिन्छन्।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत स्याम आल्टम्यानले कम्पनीको ‘डेभडे’ सम्मेलनमा बोल्दै च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता संख्या ८० करोड पुगेको बताएका थिए। उनका अनुसार जुलाईसम्म प्लेटफर्मले दैनिक २.५ अर्बभन्दा बढी सन्देश प्रशोधन गरिरहेको थियो, जुन प्रति सेकेन्ड करिब २९ हजार सन्देश बराबर हो।

प्रकाशित: २६ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया