Technology Khabar २५ आश्विन २०८२, शनिबार
काठमाडौं ।
सामसङले भारतमा आफ्नो पछिल्लो एम–सिरिज फोन अनावरण गरेको छ। ग्यालेक्सी एम१७ ग्यालेक्सी एफ१७ को एम संस्करण हो जुन गत महिना रिब्याज्ड ग्यालेक्सी ए१७ को रूपमा लन्च गरिएको थियो। यसले अब एम१७ लाई उही फोनको तेस्रो संस्करण बनाएको उल्लेख गरिएको छ।
डिभाइसहरुको भिन्नता भनेको उपलब्ध रङ्गहरू र मूल्य निर्धारण रहेका छन्। डिभाइस मुनलाइट सिल्भर र सफायर ब्ल्याक रङ्गहरूमा उपलब्ध हुने बताइएको छ।
साथै डिभाइसको ४/१२८जीबी मोडेलको लागि १२,४९९ भारतीय रुपैयाँ (१४१ अमेरिकी डलर) बाट मूल्य सुरु हुने बताइएको छ र यसले एम१७ लाई तीन मध्ये डिभाइसहरु सबैभन्दा किफायती बनाएको उल्लेख गरिएको छ। सामसङ ले १३,९९९ भारतीय रुपैयाँमा ६/१२८जीबी ट्रिम र १५,४९९ भारतीय रुपैयाँमा ८/१२८जीबी ट्रिम पनि प्रदान गर्ने रिपोर्ट गरिएको छ।
स्पेसिफिकेशनहरूको सन्दर्भमा, ग्यालेक्सी एम१७ ले ६.७–इन्चको सुपर एएमओएलईडी डिस्प्ले (एफएचडी+ ९०हर्ज), एक्सिनोस १३३० चिपसेट र २५वाट वायर्ड चार्जिङको साथ ५,०००एमएएच ब्याट्री ल्याएको छ।
डिभाइसको पछाडिको भागमा ५० मेगापिक्सेलको मुख्य क्यामराको साथमा ५ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र २ मेगापिक्सेल डेफ्थ एसिस्टेण्ट रहेको छ। ग्यालेक्सी एम१७ ले एन्ड्रोइड १५ मा आधारित वान यूआई ७.० ल्याएको छ र यसले ६ वर्षको सफ्टवेयर र सुरक्षा अपडेटहरू पनि प्राप्त गरेको उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी एम१७ अक्टोबर १३ देखि सामसङ इन्डिया र साझेदार खुद्रा विक्रेताहरू मार्फत खुला बिक्रीमा जाने तयारीमा रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ आश्विन २०८२, शनिबार