आइसिटी अवार्ड २०२५ को छनौट प्रक्रिया जारी: ४ विधामा छानिए उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्ट

Technology Khabar २५ आश्विन २०८२, शनिबार

आइसिटी अवार्ड २०२५ को छनौट प्रक्रिया जारी: ४ विधामा छानिए उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्ट
Global IME Bank

काठमाडौं ।

आइसिटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेशन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ। क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकन पश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ।

स्टार्टअप र प्रडक्ट आइसिटी अवार्डमा उत्कृष्ट १२-१२ सेमिफाइनलिस्ट चयन गरिएका छन् भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा उत्कृष्ट १३-१३ सेमिफाइनलिस्ट चयन भएका छन्।

१४ जना विज्ञ जूरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनहरूको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गर्दै सेमिफाइनलिस्टहरूको छनोट गरेका हुन्। अब सेमिफाइनलिस्टहरूले उत्कृष्ट ५ फाइनलिस्ट छनोटका लागि विभिन्न प्री–इभेन्ट, ग्राण्ड जूरी प्रस्तुती र स्पीड डेटिङ चरणहरू पार गर्नुपर्नेछ। यी चार विधामा ३०० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो ।
पहिलो चरणमा प्राप्त आवेदनहरू सर्टलिस्ट गरी १५ दिनभित्र विज्ञ जूरीले ग्राण्ड जूरीको लागि सेमिफाइनलिस्टहरू सार्वजनिक गरेका हुन्। यी विधाहरू बाहेक क्याटेगोरी ‘सी’ अन्तर्गतका संस्थागत अवार्डहरूको छनोट प्रक्रिया जारी छ भने क्याटेगोरी ‘बी’ अन्तर्गतका व्यक्तिगत अवार्डहरूको नोमिनेशन अझै खुला रहेको छ । यसैगरी दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको नोमिनेशन पनि अन्तिम चरणमा पुगेको छ।

उत्कृष्ट १२ स्टार्टअपहरू:

छनौटमा परेका उत्कृष्ट १२ स्टार्टअपहरुमा र्आक्बो टेक्नोलोजिज, एटिएस भेइकल एसिस्ट, बोट्स इन्ड्रस्ट्रिज, कनेक्ट किसान, साइबर अलर्ट नेपाल रहेका छन । यसैगरी इलाट्स लजिस्टिक, फास्टो नेपाल, माच ट्वान्टी फोर अर्विट्स, सिंक टेक्नोलोजी, ट्रिप टर्बो, भेन्डिङ किङ र विसर इस्पोर्टस रहेका छन ।

उत्कृष्ट १२ प्रडक्टहरू:

छनौट भएका उत्कृष्ट १२ प्रडक्टहरुमा बिजफोर्स ३६०, कास्टक्यु, फिटफ्लो, जिकवज डिडब्ल्युएम, आइएलटिएस पल्स, आइफाभेन्ड, लुंगा इकमर्श विथ इआरपी रहेका छन । यसैगरी मिरागो, माइ क्युआर, क्युक सिसिए, टुना डायरी इआरपी, वायुदृष्टी पनि उत्कृष्ट १२ को सुचीमा पर्न सफल भएका छन ।
उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरू:

उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरुमा एग्रो कनेक्ट, एजिरा, फेडेरेटेड लर्निङ इन हेल्थकेयर, कानुन एआई रहेका छन । यसेगरी माइण्ड ब्रिज, पि सेतु, फुलवारी, प्ले काउण्ट रोयल्टी, स्केलिङ स्मार्टर, स्पिनोभोट, ट्यापटुलिंक, भक्स भिजन इन्नोभेसनहरु पनि उत्कृष्ट १३ का सुचिमा रहेका छन ।

उत्कृष्ट १३ सोसियल इन्नोभेसनहरू:

सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२५ को लागि उत्कृष्ट १३ मा पर्न सफल इन्नोभेसनहरुमा छौगो जलान, कोड फर च्यारिटी, डास्टा, हाम्रो हेल्थ स्कुल, एचडब्ल्युसि नेपाल, कताहो डिजिटल एड्रेस रहेका छन । यसैगरी आइडिएमएस, नेवा एएसआर, राहत, सालिक, शासन, सुपर कृषक, वायुदृष्टी पनि उत्कृष्ट १३ को सुचीमा रहेका छन ।

उत्कृष्ट १२ र १३ को चयनपछि सेमिफाइनलिस्टहरूले स्टार्टअप एण्ड आइडिया फेस्ट, मेन्टरिङ सेसन, ग्राण्ड जूरी सेसन लगायतका कार्यक्रमहरूमा सहभागी हुनेछन्। उनीहरूको पिचिङ र कथा विशेष टेलिभिजन कार्यक्रममार्फत ५ विशेष एपिसोडहरूमा प्रशारण गरिनेछ।

अन्य विधाहरूमा पनि ३ देखि ४ चरणसम्मको छनोट प्रक्रिया सञ्चालन हुनेछ। क्याटेगोरी ‘बी’ (व्यक्तिगत अवार्ड) अन्तर्गत पायोनियर आइसिटी अवार्ड, एन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन्।

क्याटेगोरी ‘सी’ (संस्थागत अवार्ड) अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन्।

यो अवार्डको छनोट प्रक्रियामा नेपालका १४ जना र विदेशी ४ जना जूरी सदस्यहरू सहभागी छन् भने १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य रहेको छ। अवार्ड सम्बन्धी थप जानकारीका लागि www.ictaward.org हेर्न सकिन्छ।

प्रकाशित: २५ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया