मेटाले रील्सको लागि एआई ट्रान्सलेसनमा भाषाहरू थप्यो

Technology Khabar २५ आश्विन २०८२, शनिबार

मेटाले रील्सको लागि एआई ट्रान्सलेसनमा भाषाहरू थप्यो
Global IME Bank

काठमाडौं ।

मेटाले यस अघिदेखि नै रील्सलाई इन्स्टाग्राम अनुभवको केन्द्रमा राख्दै आएको छ।

यसै क्रममा अब, धेरै मानिसहरूलाई विभिन्न भाषाहरूमा रील्स उपभोग गर्न र बुझ्न अनुमति दिनको लागि भनेर कम्पनीले इन्स्टाग्राम र फेसबुकमा आफ्नो एआई–संचालित ट्रान्सलेसन (अनुवाद) सुविधामा हिन्दी र पोर्चुगिजको लागि समर्थन थप्ने भएको छ।

कम्पनीले गत वर्ष मेटा कनेक्ट सम्मेलनमा यसलाई प्रस्तुत गरेपछि अगस्टमा अंग्रेजी र स्पेनिशको लागि समर्थनको साथ यो सुविधा लन्च गरेको थियो।

अब हिन्दी र पोर्चुगिज भाषाहरूको समर्थनको साथ मेटाले भारत र ब्राजिल जस्ता आफ्ना ठूला बजारहरूका क्रियटर्सहरूलाई विश्वव्यापी पहुँचको लागि आकर्षित गर्ने लक्ष्य राखेको रिपोर्ट गरिएको छ।

“हामी विश्वास गर्छौं कि त्यहाँ धेरै अद्भुत क्रियटर्स (सिर्जनाकर्ताहरू) छन् जसका सम्भावित दर्शकहरू छन् जसले आवश्यक रूपमा एउटै भाषा बोल्दैनन्” इन्स्टाग्राम प्रमुख एडम मोसेरीले अगस्टमा एक इन्स्टाग्राम पोस्टमा व्याख्या गरेका थिए।

यो सुविधा उपलब्ध भएपछि, प्रयोगकर्ताहरूले मूल रूपमा अर्को भाषामा सिर्जना गरिएका रील्स उपभोग गर्न आफ्नो मनपर्ने भाषामा स्वचालित रुपमा अनुवाद सक्षम गर्न सक्ने छन्।

मेटाले एआई–संचालित ट्रान्सलेसनको लागि नयाँ सुविधाहरूमा काम गरिरहेको र चाँडै लन्च हुने बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार