Technology Khabar २४ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
सोनीले प्लेस्टेशन ५ को लागि नयाँ स्पेशल एडिशन डुअलसेन्स कन्ट्रोलरको घोषणा गरेको छ। आइकन ब्लू स्पेशल एडिशनले पीएस४ एराबाट प्लेस्टेशन ब्राण्डसँग सम्बन्धित प्रतिष्ठित ब्लू लाइटिङ (नीलो प्रकाश) बाट प्रेरणा लिएको छ। यसमा टचप्याडमा प्लेस्टेशन सिम्बल्सको ग्लोसी ढाँचाको साथ ग्रिप र लोअर (तल्लो) शेलमा नीलो रंगका तहहरू रहेका छन्।
यो कन्ट्रोलर अक्टोबर २० मा संयुक्त राज्य अमेरिका र क्यानडामा लन्च हुने तालिका रहेको छ भने त्यसपछि अक्टोबर २८ मा मेक्सिको र चिलीमा रिलीज गरिने छ। सोनीले यसको खुद्रा मूल्य ८४.९९ अमेरिकी डलर, १०९.९९ क्यानेडियन डलर, १,८९९ मेक्सिकन डलर र ९३,४९० चिली डलर तोकेको छ। आइकन ब्लू मोडेल विशेष रूपमा वालमार्ट स्टोरहरू र सम्बन्धित क्षेत्रहरूमा वालमार्टको आधिकारिक वेबसाइट मार्फत उपलब्ध हुनेछ।
सोनीले कन्ट्रोलरको पछाडि काताकाना क्यारेक्टरहरू थप गरेको छ जसमा जापानी भाषामा “प्लेस्टेशन” लेखिएको छ। कम्पनीले यो विवरणले ब्राण्डको जरालाई सम्मान अर्पण गरेको बताएको छ। कन्ट्रोलरले कन्सोल सक्रिय हुने र सिग्नेचर नीलो बत्ती देखा पर्ने क्षणबाट सुरु हुने एन्टिसिपेसन र इमर्सनको अनुभूतिलाई कैद गर्दछ भनि सोनीको कलर, मटेरियल र फिनिश डिजाइन टोलीका लियो कार्डोसोले बताएका छन्।
आइकन ब्लू एडिशनले स्ट्याण्डर्ड डुअलसेन्स कन्ट्रोलरका सबै सुविधाहरू कायम राखेको बताइएको छ। यसले ह्याप्टिक पिडब्याक, एडाप्टिभ ट्रिगर्स, मोसन कन्ट्रोलर्स, बिल्टि–इन माइक्रोफोन र यूएसबी–सी पोर्टलाई समर्थन गर्दछ। यसमा ३.५ एमएम हेडफोन ज्याक पनि समावेश रहेको छ र प्लेस्टेशन ५ र समर्थित पीसी वा मोबाइल प्लेटफर्महरू दुवैसँग काम गर्दछ।
सेप्टेम्बर ९ मा सुरु भएको प्लेस्टेशनको ३० औं वार्षिकोत्सवको उत्सवको एक भागको रूपमा सोनीले नयाँ कन्ट्रोलर प्रस्तुत गरेको बताइएको छ। आइकन ब्लू एडिशन उत्तर र ल्याटिन अमेरिकाभन्दा बाहिरका अन्य बजारहरूमा लन्च हुनेछ कि छैन भन्ने बारेमा भने कम्पनीले पुष्टि गरेको छैन।
नयाँ रङ विकल्पले डुअलसेन्स भेरियन्टहरूको बढ्दो लाइनअपमा थप गरेको छ जसमा ग्यालेक्टिक पर्पल, स्टारलाइट ब्लू, मिडनाइट ब्ल्याक, र धेरै खेल–थीम सीमित संस्करणहरू समावेश छन्।
त्यसैगरी, सोनीले आधिकारिक रूपमा भारतमा आफ्नो प्रमुख डब्ल्यूएच–१०००एक्सएम६ हेडफोनहरू लन्च गरेको छ जसमा प्रिमियम साउण्ड गुणस्तर र एडभान्स्ड एक्टिभ नोइज क्यान्सिलेसन सुविधा रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार