Technology Khabar २३ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
नेपाल टेलिकमको कोशी प्रदेशका अधिकांश स्थानहरुमा आज राती करिब ३ घण्टा फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने भएको छ।
कम्पनीले सो अवधिमा उपकरणहरु स्थानान्तरण गरिने भन्दै २३ गते राती ११:०० बजेदेखि करिब ३ घण्टा फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो।
कम्पनीले सो अविधमा कोशी प्रदेश अन्तर्गत ट्रान्समिसन सम्बन्धी उपकरण स्थानान्तरण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरेको छ।
“अविच्छिन्न र गुणस्तरीय रुपमा सेवा प्रदान गर्ने सिलसिलामा उपकरण स्थानान्तरणका कारणले सेवा प्रभावित भै ग्राहकवर्गमा पर्नजाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,” कम्पनीले भनेको छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार